राष्ट्रिय कर्मचारी महासंघको पश्चिमाञ्चल भेला

असोज १२, पोखरा/एकीकृत नेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघको पश्चिमाञ्चल क्षेत्रीय भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेलामा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय उपाध्यक्ष अचल ढुंगानाले कर्मचारीहरु पनि नेपाली समाजका उपज भएकाले नेपाली समाजको विशेषता अनुरुपको वैचारिक आस्था स्वाभाविक भएको बताए । कार्यक्रमका एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा तमुवान राज्य संयोजक हरि अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति राष्ट्रिय समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डे लगाएतले पार्टि र सविधान सभा चुनावका बारेमा चर्चा गरेका थिए ।
भेलाले नेपाल राष्ट्रिय कर्मचारी संगठनको तमुवान, मगरात र अवध राज्यमा राज्य समन्वय समिति निर्माण गर्ने, निर्वाचनको पक्षमा वातावरण निर्माण गर्न अभियान संचालन गर्ने, संगठन विस्तार र सुदृढ गर्ने लगायतका निर्णय पनि गरेको छ ।

कमेन्टहरु
Loading...