कञ्चन सहकारीको साधारण सभा

पोखरा, १२ असोज /पोखराको मालेपाटनमा रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका जेष्ठ शेयर सदस्य तुलसीप्रसाद बरालले उद्घाटन गर्नुभएको साधारण सभामा यो वर्ष राम्रो कारोबार गर्ने तीन जना शेयर सदस्य हरिकृष्ण बराल, केशवबहादुर बराल र  कौसिला क्षेत्रीलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष शिवप्रसाद अर्यालको अध्यक्षतामा भएको साधारण सभामा सचिव विष्णु बराल, कोषाध्यक्ष बसन्तराज कोइराला, लेखा समितिका संयोजक पदमराज बराल र ऋण उपसमितिका संयोजक बाबुराम बरालको प्रतिवदेन सभाले पारित गरेको छ  । सहकारीमा ३ सय १३ जना शेयर सदस्य रहेको सदस्य मणिराम बराल जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...