पोखरा–लुम्बिनी बसले दुई शहरमा पर्यटक बढाउने

पोखरा, १२ असोज/पोखरा र लुम्बिनी जोड्ने सिधा पर्यटक वस संचालन आउनाले दुबै क्षेत्रको पर्यटन प्रवद्र्धन हुने सरोकारवालाहरुले बताएका छन । माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्सले शुक्रबार पोखरामा आयोजना गरेको पोखरा लुम्बिनी पर्यटक बस सेवा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरा र लुम्बिनीको समग्र विकास गर्न सडक मार्ग उत्तम भएकोले पोखरा लुम्बिनी पर्यटक वस सेवाले धेरै सहयोग पुराउने बताएका हुन ।busमाउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्सका संचालक मध्येका एक अग्नीप्रसाद कँडेलले लुम्बिनी नबाँचे  पोखराको अस्तित्व नरहने भएकोले लुम्बिनी बचाउ अभियानमा लाग्न आग्रह गर्दै अब पोखरा लुम्बिनि सडकमार्गबाट पर्यटन प्रवद्र्धन गर्न आफुहरुले जोखिम मोलेका कारण सवै क्षेत्रबाट सहयोग आवश्यक भएको बताए । पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरा चितवनमा समेत पर्यटक वस सेवा संचालन गरेको उक्त ट्राभल्सले चुतौती मोलेर पोखरा लुम्बिनी पर्यटक बस सेवा संचालनमा ल्याएकोमा धन्याद दिदै यसलाई सवै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

लुम्बिनीका भिक्षु धर्म प्रकाशले गौतम बुद्ध नेपालमा जन्मेको बताउदै यसको नेपालमा प्रयाप्त मात्रमा मार्केटिङ गर्न नसकेका कारण यसको फाईदा अरु देशले उठाएको बताए । साटाका बरिष्ठ उपाध्यक्ष चन्द्र गुप्ताले नेपालमा भन्दा पनि भारतमा पुगेर गौतम बुद्धको जन्म भएको व्यापक प्रचार गर्नूपर्ने बताउदै उनले यसो भएमा मात्र नेपालको पर्यटन प्रवद्र्धमा थप टेवा पुग्ने दाबी गरे । उनले पोखरा लुम्बिनी वस सेवालाई दिगो रुपमा संचालन गर्न आफुहरु तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष दिपक ज्ञवालीले पर्यटनको विकास गर्न अब व्यवसायीहरुले नया ढंगबाट सोच्न आग्रह गर्दै नाफा मुखि मात्र नभई व्यवसायीहरुले सेवाखुमि समेत कार्यक्रम आयोजना गर्न आग्रह गरे । लुम्बिनी विकास कोष सुचना अधिकृत हरीध्वज राईले पोखरा लुम्बिनी पर्यटक वस संचालन आउनाले दुबै क्षेत्रमा आउने पर्यटकको सङखयामा बृद्धि हुने बताए ।
माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्सका संचालक मध्यका एक गणेशबहादुर भट्टराईले अबको समय प्रतिष्पर्धाको भएकोले अब कसैको सिण्डीकेट प्रथाले आफुहरुलाई नरोक्ने दाबी गरे । नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापोटाले दिगो पर्यटन विकास गर्न यस्तो सेवालाई संचालन गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी तथा पोखराका पर्यटन व्यवसायी तथा पत्रकारहरु सहभागि भएका थिए ।

कमेन्टहरु
Loading...