भेषजराजको ११ औँ स्मृतिमा काव्यगोष्ठी

स्व. साहित्यकार भेषजराज शर्माको ११ औँ स्मृति दिवसका सन्दर्भमा भेषजराज साहित्य प्रतिष्ठानले वालिङको पतञ्जलि योगपीठको कार्यलयमा शनिबार काव्य गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रा.डा. रविलाल अधिकारीले प्रगतिवादी साहित्यको चर्चा गर्दै स्व. भेषजराज शर्माको कृतिहरु प्रगतिवादका दृष्टिले उत्कृष्ठ रहेको बताए ।  कार्यक्रमका सह–प्राध्यापक कुलप्रसाद खनालले शर्मा स्याङ्जामा जन्मेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टाहरुमध्ये प्रमुख रहेको उल्लेख गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् प्राध्यापक कृष्णप्रसाद अर्यालले जनस्तरबाट सम्मानित सर्जक नै अमर हुने बताउँदै भेषजराज राज्यबाट सम्मानित हुन नसकेपनि उनी जनस्तरबाट सम्मानित भएकाले सदा बाँचिरहने बताए ।
नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाका पूर्व अध्यक्ष चक्रबहादुर पराजुलीले शर्मा, प्रतिष्ठानका सल्लाहकार शुक्रराज अधिकारी, उप–प्राध्यापक प्रकाश पौडेल, गीताञ्जलि साहित्य परिवारका सचिव लालमणि पोखरेल, श्यामप्रकाश पराजुली, रघुपति लम्साल, चिरञ्जीवी शर्मा लगायलले भेषराजका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...