राप्रपा नेपालका १९६ उमेद्वारको नाम घोषणा

काठमाडौ,११ असोज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रत्यक्षतर्फका १ सय ९६ जना उमेद्वारको नाम सार्वजनिक गरेको छ । बाँकी नाम शनिबार सार्वजनिक गरिने राप्रपा नेपालले जनाएको छ ।

राप्रपा नेपालले चुनावी घोषणापत्रको हाइलाइट र प्रत्यक्षतर्फका २ सय ४० मध्ये १ सय ९६ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
अध्यक्ष कमल थापा र केही शीर्षनेताहरुको नाम घोषणा गरिएको छैन । राप्रपा नेपालले प्रत्यक्षतर्फका २ सय ४० वटै चुनाव क्षेत्रका लागि उमेद्वारको नामावलीलाई अन्तिम रुप दिने बताइए पनि शुक्रबार प्रत्यक्षतर्फका १ सय ९६ जनाको मात्रै नाम घोषणा गरेको हो ।

कमेन्टहरु
Loading...