तीन दल र ३३ दलका नेतावीच हरिसिद्धीमा गोप्य वार्ता

काठमाडौ, ११ असोज उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध प्रमुख तीन दल र आन्दोलनरत ३३ दलका नेतावीच शुक्रबार वार्ता भएको छ । वार्तामा मंसिर ४ को चुनाव सार्ने र खिलराज रेग्मीलाई प्रधानन्यायधीश पदबाट राजीनामा गराउने विषयमा कुराकानी भएको वार्तामा सहभागी एक नेताले बताए । मंसिर ४ को मिति सारेर भए पनि वैद्य पक्षलाई चुनावमा ल्याउन गृहकार्य गर्दै आएका केही नेताहरुको पहलमा शुक्रबार ललितपुरको हरिसिद्धीस्थित एमाओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा वार्ता भएको हो ।

वार्तामा नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको सहभागिता थियो । त्यसैगरी नेपाली कांग्रेसबाट डा। शेखर कोइराला, दीपकुमार उपाध्याय। एमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ मात्रै थिए । वार्तामा ३३ दलका तर्फबाट वैद्य माओवादीका नेताहरु भने सहभागी थिएनन् । ३३ दलका तर्फबाट मणि थापा, पासाङ सेर्पा, प्रकाश अधिकारी र खगेन्द्र माखिमको सहभागिता थियो ।

वार्तामा कांग्रेस, एमाले र एमाओवादीका नेताले वैद्य माओवादी चुनावमा आउँछ भन्ने के ग्यारेन्टी भन्ने प्रश्न सोधेका थिए । पहिले सबैको सहमतिमा चुनावको नयाँ मिति घोषणा गरिएको खण्डमा रेग्मीको राजीनामा बारेमा वैद्य माओवादीलाई पुनर्विचार गर्न लगाउने ३३ दलका नेताले कांग्रेस, एमाले र एमाओवादीका नेतालाई आश्वासन दिएका थिए ।

कमेन्टहरु
Loading...