मैत्रीपुर्ण खेलमा एन्फा कास्कीद्धारा खेलकुद पत्रकार पराजित

असोज ११,पोखरा/कास्कीमा क्रियाशिल खेलकुद पत्रकार र कास्की जिल्ला फुटवल संघका पदाधिकारीहरुविच शुक्रबार पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल सम्पन्न भएको छ । पोखरा रगंशालमा भएको मैत्रीपूर्ण खेलमा एन्फा कास्कीले खेलकुद पत्रकार मञ्च कास्कीलाई ३–१ गोल अन्र्तरले पराजित गरेको हो । खेलमा एन्फा कास्कीका अध्यक्ष गोपीबहादुर भटराईले २ र एन्फा सल्लाहाकार आनन्द रजितले एक गोल गरे ।

पत्रकारको टिम सुरज श्रेष्ठको कप्तानीमा तथा एन्फा कास्कीको टिम अध्यक्ष गोपीबहादुर भट्टराईको कप्तानीमा मैदान उत्रको थियो । संघको टिमबाट उपाध्यक्ष कुमार गुरुङ्ग, धरमसिंह लामिछाने, महासचिव राजन पौडेल, सचिव ओम बस्नेत, कोषाध्यक्ष सुकबहादुर गुरुङ्ग, सहकोषाध्यक्ष जमानसिंह दुरा सदस्य महेन्द्र गुरुङ्ग, आइङदल गुरुङ्ग, हिटलर घले लगाएत मैदान उत्रेका थिए ।

तेश्रो संस्करणको सफल कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको मिति नजिकिदैगर्दा सञ्चारकर्मी र आयोजकविचको सम्वन्ध सुमधर पार्दै आपसि सहयोग साटासाटका लागि सो खेल खेल्न लागिएको संघका महासचिव राजन पौडेलले बताए । सफल कप आगामी कात्तिक ५ देखि १६ गतेसम्म संचालन हुदै छ । प्रतियोगितामा ७ राष्ट्रिय क्लब, चार विदेशी क्लब र आयोजकको एक टोली गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार र उपविजेताले २ लाख पाँच हजार प्राप्त गर्ने छ ।

कमेन्टहरु
Loading...