नेपाल विधार्थी संघको चुनाबी अभियान जारी

आगामी संबिधानसभाको निर्बाचनमा नेपाली कांग्रेसले कास्की जिल्लाको चारवटै निर्बाचन क्षेत्रमा बिजयी गराउने उद्घोष गर्दै नेपाल बिधार्थी संघ कास्कीले प्रचार प्रसार अभियान सुरु गरेको छ । नेबिसंघले प्रचारप्रसार कार्यक्रम अन्र्तगत शुक्रबार कास्कीको क्षेत्र नम्बर ३ को वडा नम्बर ४ चिप्लेढुङगामा बृहत प्रचारात्मक ¥याली गरेको संघका कास्की सचिव सुवर्णजंग केसीले जानकारी दिएका छन् । ¥यालीको कोणसभामा बोल्दै नेबिसंघ कास्कीका सभापति देबकृष्ण पराजुलीले ०६४ को संबिधानसभाको निर्बाचनमा माओबादीहरुको डर,त्रास धम्की र पार्टी भित्रैबाट समेत सकारात्मक भूमिका खेल्न नसकेकाले पराजय बेर्होनुपरेको बताउंदै आगामी संविधान सभाको निर्बाचनमा भने कांग्रेसका युवा ,बिधार्थीहरुले जस्तोसुकै धम्की आएतापनि त्यस्को कडा रुपमा प्रतिबाद गर्न तयार रहेको उद्घोष गरे ।

नेवि संघ कास्कीका उपसभापति तारानाथ अधिकारीले बिगतका कमीकमजोरी लाई सच्याएर सिफारिस भएर गएका जुनसुकै उम्मेदवारले टिकट लिएर आएपछि बिजयी गराउन शसक्त रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरि नेबिसंघ कास्कीले चुनाबी प्रचार अभियानलाई तिब्र बनाउने क्रममा क्षेत्र नम्बर २ मा असोज १२ गते र क्षेत्र नम्बर १ मा १३ गते बिशाल ¥याली तथा घर दैलो अभियान सञ्चालन गर्ने जानकारी संघले यूनाइटेड दैनिकलाई जानकारी दिएका छन ।

कमेन्टहरु
Loading...