निर्वाचनका समयमा आह्वान गरिएको आमहड्तालप्रति सञ्जालको ध्यानाकर्षण

पोखरा, ११ असोज मंसिर ४ गते हुनगइरहेको दोस्रो संविधानसभाको निर्वाचनलाई प्रभावितहुने गरी नेकपा–माओवादीसहितका ३३ दलीयमोर्चाले आह्वान गरेको आम–हड्ताल(नेपालबन्द) प्रतिशान्तिकालागिनागरिक समाजको सञ्जाललेगम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सञ्जालले असोज ११ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचनबहिष्कार गर्ने नाममा नेकपा–माओवादी सहितको ३३ दलीयमोर्चाबाट आगामीकात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्तालको आह्वानगरिनु दुःखद् भएको भन्दै आमनागरिकलाई प्रत्यक्ष असर पर्ने किसिमकाबन्द हड्ताल जस्ता कार्यक्रमहरु स्थगित गरी जनताप्रतिजिम्मेवार हुन सम्बन्धितपक्षहरुसँग आग्रह गरेको छ ।

सञ्जालको तर्फबाट संयोजकतथावरिष्ठ अधिवक्तातिलकआचार्य, वरिष्ठ मानवअधिकारकर्मीटेकनाथ बरालमानवअधिकारकर्मीनवदत्त ढुङ्गाना, वरिष्ठ अधिवक्तातथापश्चिमाञ्चलमानवअधिकार रक्षक सञ्जालकासंयोजकरामप्रसाद घिमिरे, सञ्जालकापूर्व संयोजकखगराजआचार्य, मानवअधिकार संरक्षण मञ्चकाअध्यक्षकमलप्रसादअर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीयकार्यालय,पोखराका सहायकप्रलेख अधिकृत टंक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशको संविधानबनाउने कार्यमा स्वच्छ आचरण र छवि भएकाव्यक्तिहरुलाई मात्रउम्मेद्वार चयनगर्न सबै राजनीतिकदलहरुसँग जोडदार आग्रहगरिएको छ ।

विज्ञप्तिमार्फत् नेपालको राष्ट्रियता कमजोर बनाउने चरित्र बोकेका, नैतिकपतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजायँतोकिएकावा सजायँभोगेकाव्यक्तिहरुलाई उम्मेद्वार बनाउने राजनीतिकदलकोक्रियाकलापले राष्ट्रियताको संरक्षण,दण्डहीनताको अन्त्यतथालोकतन्त्रको सुदृढीकरण हुननसक्ने भन्दै सम्बन्धितपक्षको ध्यानाकर्षण गराईएको छ ।

कमेन्टहरु
Loading...