एड्स रोग नियन्त्रण संघको १७ वर्षमा

पोखरा ११, असोज/एड्स रोग नियन्त्रण संघ, कास्कीको १७ औ वार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । वि.स. २०५४ सालमा स्थापना भएको संघले विगत १७ वर्षदेखि आफ्नै स्थानीय स्रोत र साधनको उपयोग गर्दै एचआइभी एड्स तथा लागूपदार्थसम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष विश्वमोहन गौचनले एचआइभी एड्स न्यूनिकरणका लागि सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संघका सल्लाहकार अमृतलाल श्रेष्ठ, संस्थापक उपसचिव सीता गुरुङ, सदस्य पुरुषोत्तम श्रेष्ठ लगायतले संघले गरेका विभिन्न सचेतनामुलक कार्यक्रमले एचआइभी एड्सबारे जनचेतना जगाउन महत्वपूर्ण सहयोग पुगेको बताएका थिए ।

सो अवसरमा संघका सचिव र कोषाध्यक्ष क्रमश राजन उपाध्याय र रामप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो । संघका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजन उपाध्यायले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...