पोखरामा पर्यटकलाई स्वागत

पोखरा, असोज ११/विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पोखरा भित्रिने पहिलो विदेशी पर्यटकलाई स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजनमा विभिन्न पर्यटकीय संस्थासँग आवद्ध व्यवसायीले विमानस्थल र पर्यटक बसपार्क पुगेर पोखरामा शुक्रबार पहिलो पाईला टेक्ने पर्यटकलाई स्वागत गरेका हुन् । संयोजक बसन्तराज दवाडिले पोखराको पर्यटन प्रवद्र्धन गर्ने अभियानस्वरुप विदेशीलाई स्वागत गरिएको जानाकारी दिए । पर्यटन व्यवसायीले हवाईजहाजबाट ओर्लेका पर्यटकलाई विमानस्थल र स्थलमार्गबाट आएका पर्यटकलाई दिउँसो पर्यटक बसपार्क पुगेर स्वागत गरेका थिए ।

welcome 1हवाईजहाजबाट आएका पर्यटकहरु क्यानडाकी मार्क म्याकमिनो, कोरीयाका ईमु जोङयोङ र पोल्याण्डकी अण्डु लोल सहितका पर्यटकलाई स्वागत गरिएको थियो ।विश्व पर्यटन दिवसका अवसरमा परिषद्ले हरेक वर्ष पोखरामा पहिलो पाईला टेक्ने विदेशीलाई स्वागत गर्दै आएको छ । पञ्चेबाजा बजाउँदै व्यवसायीले फूलमाला र खादा लगाएर पर्यटकलाई स्वागत गरेका थिए । स्वागत थाप्न पाएका पर्यटकले अचम्म मानेका थिए । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ । त्यसै क्रममा यो वर्ष ‘टुरिजम एण्ड वाटर प्रोटेक्टिङ आवर कमन फ्युचर’ (पर्यटन र पानीको बचत, साझा भविष्य) भन्ने नाराका साथ मनाईएको छ ।

परिषद्ले विश्व पर्यटन दिवसको पुर्वसन्ध्यामा मर्दी र सेतीनदीमा ¥याफ्टिङ तथा सरसफाई कार्यक्रम गरिसकेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्यबहादुर भूजेलले पोखरा आएका पर्यटकबाट अन्तर्राष्ट्रियस्तरसम्म सकारात्मक सन्देश प्रवाह गर्नका लागि स्वागत कार्यक्रम गरिएको बताए । ‘नेपाल आएका विदेशीले यहाँको आतिथ्यता रुचाउँछन । यसरी स्वागत गर्दा सकारात्मक सन्देश जान्छ । त्यसैले परिषदले हरेक वर्ष यस्तै कार्यक्रम गर्दै आएको छ’ उनले भने ।

विश्व पर्यटन दिवसकै अवसर पारेर पोखराको माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्सले शुक्रबारदेखि पोखराबाट लुम्बिनी सिधा पर्यटक बस सेवा पनि संचालन गरेको छ । पर्यटन व्यवसायीले शुक्रबार बिहान पोखराको पर्यटक बसपार्क पुगेर बस र यात्रुलाई विदाई गरेका थिए । सो क्रममा माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्सका संचालक गणेश भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि बस संचालन गरेको बताए ।

पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले सिधा पर्यटक बस सेवाले पोखरा र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बताए । सो अवसरमा पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार शाहीले पर्यटक बस संचालनले पोखरामा आउने यात्रुहरुलाई सहजता मिल्ने बताए । उनले गुणस्तरीय यातायात सेवा प्रदान गर्न सबैले सघाउनुपर्ने बताए । पोखरा पर्यटन परिषदक अध्यक्ष सुर्यबहादुर भूजेलले नयाँ सेवाले पोखराको पर्यटन एक तहमाथि उक्लने बताए ।

कमेन्टहरु
Loading...