९४ वर्षियले वृद्धको प्याराग्लाईडिङ यात्रा (फोटो फिटर सहित)

सागर राज तिमिल्सिना
पोखरा, १० असोज/देवीस्थान–३, म्याग्दीका ९४ वर्षिय बिनबहादुर मल्लले पोखराको आकाशमा प्याराग्लाईडिङबाट उडान गरेका छन् । विहीबार बिहान सराङकोटबाट उडेर फेवातालको किनार खपौदीमा उनी अवतरण भएका थिए । उनी पोखराको एभियाक्लव नेपालको प्याराग्लाईडिङबाट २५ मिनेटसम्म पोखराको आकाशमा उडेका थिए ।

पहिलो पटक प्याराग्लाईडिङमा उडन् पाएका उनले खुशी व्यक्त गर्दै रमाईलो भएको अनुभव सुनाए । पोखरा साच्चैको सुन्दर रहेछ भन्ने यो उडानबाट थाहा पाएको उनले बताए । भारतीय पुर्व सैनीक मल्ल पेन्सन थाप्न पोखरा आएको मौका पारेर उडान भरेका थिए । भारतीय सैनिकबाट निवृत्त भएको ५५ वर्ष पुगिसकेको उनले सुनाए । निकै रमाईलो भयो’ उनले भने ।DCIM236DRIFT

छोरा जयबहादुर मल्लले पनि बुबाको रुची अनुसार नै उडाएको जानकारी दिए । गाउँघरमा अग्लाअग्ला रुखमा चढ्ने गरेकोले पनि बुबाले सहजै लिनुभयो । शारिरिक रुपमा स्वस्थ भएकोले पनि खासै समस्या भएन’ उनले भने । जागिरे अवधिमा पनि प्याराग्लाईडिङमा उड्ने मौका नपाएको यो पटक पोखरा आउँदा उड्ने ईच्छा जनाएपनि व्यवस्था मिलाएको उनले बताए ।

एभियाक्लवका प्रवन्धक प्रविण गौचनले आफुहरुले पहिलोपटक यति धेरै उमेरका यात्रुलाई आकाशमा उडाएको जानकारी दिए । सबैभन्दा बढि उमेरका वृद्धलाई उडाउन पाउकोमा एभियाले शुल्कमा समेत विशेष छुट दिएको उनले सुनाए । उनी करिब ५ हजार फिटसम्म पुगेका थिए । पोखराको आकाशमा प्याराग्लाईडिङ उडान गर्नेको यतिबेला निकै नै भिड लागेको छ । बालकदेखि वृद्धसम्म यसरी उडान भर्छन् । नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख प्रतापबाबु तिवारीले बालबालिकाको लागि उमेर हद तोकिएपनि वृद्धवृद्धाका लागि नतोकिएको जानकारी दिए ।

citz

DCIM236DRIFT

DCIM236DRIFT

DCIM236DRIFT

कमेन्टहरु
Loading...