महिलाहिंसा र बालअधिकार हनन्का घटनामा मिलापत्र नगर्न आग्रह

पोखरा, १० असोज/महिलाहिंसा र बालअधिकार हनन्का घटनामा कुनैपनिहालतमामिलापत्रनगर्न कास्कीका सहायकप्रमुखजिल्लाअधिकारी अर्जुनकुमार शर्माले आग्रह गरेका छन् । इन्सेकपश्चिमाञ्चल क्षेत्रीयकार्यालय पोखराले असोज १० गते पोखरामाआयोजना गरेको मानवअधिकार वर्षपुस्तककोअर्धवार्षिक समीक्षाकार्यक्रममाबोल्दै सहायकप्रमुखजिल्लाअधिकारी शर्माले समाजमा बढ्दै गएकामहिला हिंसा र बालअधिकार हनन्का घटनालाई कानुनीदायरामाल्याई पीडकलाई कानुनीकारवाहीगरिनु पर्ने बताए । उनले पीडितको पक्षमावकालतगर्न गैरसरकारी संस्थालाई अनुरोध गर्दै राज्यलाई मानवअधिकारको संरक्षण गर्नकालागि स्पष्ट नीतितर्जुमा गरेर अगाडि बढ्न दवावदिनुपर्ने बताए ।Kaski Review photo. (1)

एकीकृत नेकपामाओवादीकाकार्यालय मुख्य सचिवलालमोहनतिवारीले मानवअधिकारसंग सम्बन्धित घटनाहरुको राजनीतिकदलले समेत अभिलेखिकरण गर्नुपर्ने बताउँदै शहरी क्षेत्रमामात्रनभई ग्रामिण क्षेत्रमाभएकामानवअधिकारका घटनाहरुलाई गहनअध्ययन गरेर समेट्नु पर्ने सुझावदिए ।उनले कुनैपनिदल र व्यक्तिले मानवअधिकार उल्लंघन गरेमाखवरदारी गर्नुपर्नेमाजोड दिए । नेपालीकाँग्रेसकाजिल्ला सदस्यगिरीराजगौतमले मानवअधिकारकर्मीले स्वतन्त्र र निष्पक्ष रुपमा समाजमाभएकामानवअधिकार हनन्का घटनको उजागर गर्नु पर्ने र घटनाको न्यूनिकरणका लागि सरोकारवालानिकायसंग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

एमालेकाजिल्लाउपाध्यक्षलिलाधर पौडेलले मानवअधिकारको उल्लंघन गर्नेलाई कानुनीदायरामाल्याउँनु पर्ने बताउँदै उल्लंघनकर्तालाई समाजबाटै खवरदारी गर्नुपर्नेमाजोड दिए । नेकपा–माओवादीका राज्य समिति सदस्यलालबहादुर गुरुङले जिल्लाकादुर्गम क्षेत्रमाभएका घटनाहरुलाई समेत समेट्नुपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोग पोखराकामानवअधिकार अधिकृत ज्योति घिमिरेले दलहरुले आव्हान गरेकाबन्द हड्ताल जस्ता घटना र त्यसले पारेको प्रभावलाई समेत समावेश गरिनु पर्ने बताए ।

पुनरावेदनअदालतबार एशोसिएसनका सचिव गणेशबहादुर आलेले प्रहरी र अदालतमाभएका घटनालाई मात्रप्रतिवेदनमा समेटिएकोबताउँदै घटनाको विशिष्टिकरण तर्फ ध्यानदिनुपर्नेमाजोड दिए ।  अधिवक्ताशोभापौडेलले महिला हिंसाका घटना बढ्दै गएको र यसप्रकारका घटनाहरुको व्यवस्थित रुपमाअभिलेखिकरण गर्दै पीडित महिलालाई न्यायदिलाउँनु पर्नेमाजोड दिइन् । जिल्लामा सन् २०१३ जनवरीदेखि जूनसम्म ३० ओटा घटना अभिलेखिकरण भएको उक्त घटनामा १ सय १७जना पीडित भएकाप्रतिवेदन इन्सेक कास्कीकाप्रतिनिधि सनबहादुर थापाले प्रस्तुत गरेकाथिए ।

कार्यक्रममाशान्तिकालागिनागरिक समाजको सञ्जालका संयोजकतिलकआचार्य, पूर्व संयोजक विष्णुप्रसाद वराल, जिल्लाअदालतबार एशोसिएसनकाकमलअर्याल,काहुराष्टका बासुदेव बराल,नेविसंघ देवकृष्ण पराजुली, अखिलक्रान्तिकारीकाक्षितिज सापकोटा, जनआन्दोलन घाइते ढाकारामपौडेल, मानवअधिकार एलायन्सकीजानकीशर्मा, जिल्लाअदालतकाअधिकृत भेषराजपौडेल,एड्भोकेसी फोरमकादीपकपौडेल,रेडक्रस सोसाइटीका डण्डराजशर्मा लगायतले इन्सेकले मानवअधिकारको व्यवस्थितअभिलेखिकरण गर्दै समाजमामानवअधिकारको बारेमा सचेतना पु¥याएको बताए ।

कमेन्टहरु
Loading...