एन्फा कास्की र खेलकुद पत्रकारविच मैत्रिपूर्ण फुटवल हुने

असोज १०,पोखरा/कास्कीमा क्रियाशिल खेलकुद पत्रकार र कास्की जिल्ला फुटवल संघका पदाधिकारीहरुविच शुक्रबार पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल हुने भएको छ । पत्रकारको टिम सुरज श्रेष्ठको कप्तानीमा तथा एन्फा कास्कीको टिम अध्यक्ष गोपीबहादुर भट्टराईको कप्तानीमा मैदान उत्रने बताइएको छ ।

संघको टिमबाट उपाध्यक्ष कुमार गुरुङ्ग, धरमसिंह लामिछाने, महासचिव राजन पौडेल, सचिव ओम बस्नेत, कोषाध्यक्ष सुकबहादुर गुरुङ्ग, सहकोषाध्यक्ष जमानसिंह दुरा सदस्य महेन्द्र गुरुङ्ग, आइङदल गुरुङ्ग, हिटलर घले लगाएत मैदान उत्रने बताइएको छ । संघका अर्का उपाध्यक्ष मिलन गुरुङ्ग भने चोटका कारण मैदान उत्रने सम्भावना कम रहेको बताइएको छ ।

यता, मञ्चको तर्फबाट अध्यक्ष विनोद लामिछाने, उपाध्यक्ष प्रेमनारायण न्यौपाने, कोषाध्यक्ष दिननाथ बराल तथा सदस्यहरु लोकेन ढकाल, विनोद श्रेष्ठ, सुरेनकुमार सुसिल, पोखरेली माग्ने बुढा युवराज भण्डारी, मन क्षेत्री लगाएतका खेलाडी मैदान उत्रने टिम म्यानेजर सागरराज तिमिल्सीनाले जनाएका छन् ।

विहान ७ बजे हुने सो मैत्रिपूर्ण खेलका लागि संयोजनकारि भुमिंका निर्वाह गरेको कास्की जिल्ला फुटवल संघले तयारी पुरा गरेको छ । तेश्रो सफल कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको मिति नजिकिदैगर्दा सञ्चारर्मि र आयोजकविचको सम्वन्ध सुमधर पार्दै आपसि सहयोग साटासाटका लागि सो खेल खेल्न लागिएको संघका महासचिव राजन पौडेलले बताएका छन् ।

कमेन्टहरु
Loading...