लागू औषध कारोबारी प्रक्राउ

पोखरा, १० असोज/जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. ३ हाटबजार बस्ने वर्ष १७ को विबास अग्रहरीलाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । उनले भारत सुनौलीबाट खरिद गरी पोखरा ल्याएको अवैध लागू औषध ब्राउन सुगर जिल्ला गोरखपुर सैजनवा भारत स्थायी घर भई पोखरा ८ आलुमाईलाचोक बस्ने वर्ष २२ को रवि अग्रहरी र पोखरा उप.म.न.पा. वडा नं. ३ नदीपुर बस्ने वर्ष २२ को रवि परियारले पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा विक्री वितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीले प्रक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा ८ आलुमाईचोकबाट रवि अग्रहरीले झोलामा सलाईको बट्टा भित्र लुकाई छिपाई ल्याएको ब्राउन सुगर १ ग्राम ५० ग्राम र रवि परियारले लुकाई छिपाई ल्याएको ब्राउन सुगर ६० मि.ग्रा. सहित निजहरुलाई पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...