निर्वाचन कार्यालयको प्रशिक्षण पत्रकारले बहिस्कार

हरिकृष्ण गौतम, म्याग्दी, १० असोज/संविधानसभाको देस्रो निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले देशभर सञ्चालन गरेको निर्वाचन सम्बन्धित प्रशिक्षक प्रशिक्षण तालिम हिमालपारिका क्रियासिल पत्रकारले बहिस्कार गरेका छन् । जिल्ला निर्वाचन कार्यालय मुस्ताङले पुर्वाग्राही बनेको भन्दै स्थानिय तथा राष्ट्रिय स्तरका सञ्चार माध्यममा आवद्ध पत्रकारले प्रशिक्षणमा सहभागिता नजनाएको क्रान्तिकारी पत्रकार संघ मुस्ताङका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले बताए ।

‘निर्वाचन राष्ट्रिय अभियान हो’ बस्ताकोटीले भने,‘हामीले आफ्नो जिम्मेवारी बहन गर्नबाट एक कदम पनि पछाडी हट्न सक्दैनौ, तर ब्यक्तिगत पुजा जस्तो गरि निर्वाचन आयोग मुस्ताङ लागेकाले बहिस्कार गरेका हौ । उनले थपे ‘निर्वाचन सम्बन्धि हरेक कार्यक्रममा सक्रिय पत्रकारलाई उपेक्षा गरिएको छ’ । राम्रो भन्दा पनि हाम्रोलाई स्थान दिने गरिएको छ’ बस्ताकोटीले टेलिफोनमा कुरागदै भने,‘तालिमका लागि तालिम लिनुको औतिथ्य देखेनौ’ । जिल्ला निर्वाचन आधिकृत देबि सुबेदीले निर्वाचन आयोगको केन्द्रमा जस्तो आरोप लागेको छ, त्यस्तै आरोप आफुलाई पनि लगाईएको र प्रशिक्षण कार्यक्रम लगायतमा आरोप लगाए जस्तै केहि कमी कमजोरी मुस्ताङमना पनि भएको बस्ताकोटी बस्ने ठाउमै गएर भनेको बस्ताकोटीले बताएका छन ।

यस भन्दा अगाडीका निवार्चन सम्वन्धि कार्यक्रममा समेत यस्तै जिल्ला निर्वाचन आयोगले यस्तै गरेपछि क्रियाशिल पत्रकारहरुले बिरोध गरेका थिए । जिल्लामा क्रियासिल क्रान्तिकारी पत्रकार संघ, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ र प्रेस चौतारीका केहि पत्रकारले तालिमको बहिस्कार गरेको पत्रकारले बताएका छन् । चौतारीमा रहेका भिम रसाइली र उनकी श्रीमती बाहेक अन्य पत्रकारले तालिम बहिस्कार गरेपछि बिद्यालयबाट आफु अनुकुलका बिद्यार्थी, केटाकेटी ल्याएर तालीम संचालन गरिएको थियो । प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य तिलक बिलले भने तालिम औतित्य हिनहरुलाई दिने पाराले मात्र काम भएकाले आफु सहभागी नभएको बताए । उनले भने पत्रकारलाई दिने तालीममा गैह्र पत्रकार सहभागी गराईएकोले पनि हामी सहभागी भएनौ ।

पत्रकारले जिल्ला निर्वाचन कार्यालय मुस्ताङका केहि कर्मचारीले आफु अनुकुल राजनीतिक गर्ने गरेको गुनासो गरेका छन । चौतारी पुर्व केन्द्रिय सदस्य तिलक विक, क्रान्तिकारी अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, क्रान्तीकारी पत्रकार महासंघ अध्यक्ष रिन्जीन नामग्याल गुरुङ, युनियन संयोजक तृष्णा शेरचन लगायत अन्य क्रियाशिल पत्रकारलाई पत्र पठाइएपनि सामुहिक रुपमा बहिस्कार गरेको पत्रकारले बताएका छन । तालीममा रसाइलीका श्रीमान श्रीमती बाहेक अन्य पत्रकार सहभागी थिएनन ।

बहिस्कार गरेका पत्रकारले निर्वाचन सम्बन्धि जानकारी दिन समेत आनाकानी गर्ने गरेको गुनासो समेत गरेका छन् । जोमसोमको महिला समुहको भवनमा तालिम सम्पन्न गरिएको यिो । यसै सन्र्दर्भमा सम्पर्क गर्नखोज्दा जिल्ला निर्वाचन अधिकृतसग सम्र्पक हुन सकेन ।

कमेन्टहरु
Loading...