सरकार निरंकुश बन्दै काँग्रेस नेता पौडेल

पोखरा, २३ कात्तिक/ नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले संबैधानिक निकाय खाली गराई मुलुकलाई तानाशाही तर्फ उन्मुख गराउन खोजेको आरोप लगाएका छन् । सरकार निरंकुश बन्दै गएको बताउदै नेता पौडेलले निर्बाचन गर्नुपर्ने अवस्थामा निर्बाचन आयोगका पदाधिकारी म्याद सकिएकोमा सरकारलाई कुनै चिन्ता समेत नभएको बताए ।

विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छट पर्वको अवसरमा नेपाली काँग्रेस कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बिना सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताए ।

काँग्रेस नेता पौडेलले बर्तमान भटराई सरकार सत्ता शत्ति झण्डाको दुरुपयोग गर्दै मुलुकलाई ताना शाहिकरण गरेको आरोप लगाए । भ्रष्टचारमा गाँजिएको भट्राई सरकारले राजनीतिक सहमति बिनाको बजेट ल्याउन नसक्ने दाबि गरे । नेता पौडेलले एमाओबादिकै कारण मुलुकका संबिधान पनि जारी नभै संबिधान सभाको बिघटन भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, सचिब युवराज कुँवर लगायतले शुभकामना दिएका थिए । काँग्रेस लगायत अन्य राजनितिक पार्टिका कार्यकर्ता एबंम उद्योगी व्यवसायी लगाएतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...