पर्यटन दिवसमा सेती नदिमा जलयात्रा, मर्दी मुहान सरसफाई

सागर राज तिमिल्सिना
पोखरा, ९ असोज/विश्व पर्यटन दिवसको पुर्वसन्ध्यामा बुधबार बिहान पोखरामा खानेपानी आपुर्ति भईरहेको मर्दीखोलाको मुख्य मुहान परिसरमा सरसफाई गरिएको छ । त्यस्तै बुधबार बिहान सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म ¥याफ्टिङ पनि गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजन तथा नेपाल एशोसिएन अफ ¥याफ्टिङ एजेन्टस (नारा) र ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरको आयोजनामा सरसफाई तथा ¥याफ्टिङ कार्यक्रम गरिएको संयोजक बसन्तराज दवाडिले जानकारी दिए ।

परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ का दिन पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पहिलो पाईला टेक्ने विदेशी पर्यटकलाई स्वागत गर्ने पनि दवाडिले जानकारी दिए ।दवाडिका अनुसार सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म करिब ५ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ गरिएको थियो । त्यसमा पर्यटन व्यवसायी, स्थानीयबासि र संचारकर्मी गरि करिब ४० जना सहभागि थिए । त्यस्तै मर्दीस्थित खानेपानी मुहान सरसफाईसँगै उक्त स्थानमा जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिएको छ ।rafting

पदयात्रा र सरसफाईसँग सम्बन्धि जानकारी दिनेगरि जनचेतनामुलक कार्यक्रम गरिएको टानका अध्यक्ष नारायण सापकोटाले जानाकारी दिए । ‘मुहान आसपासका गाउँका बासिन्दालाई भेला गराएर त्यस क्षेत्रमा फोहर नफालिदिन अनुरोध गरिएको हो’ उनले भने, ‘पोखराबासीको खानेपानीको मुख्य श्रोत भएकोले मुहान आसपासमा फोहर गर्दा यसका प्रयोगकर्ताले फोहर पानी पिउनुपर्ने भएकोले सचेत हुन भनेका हौ ।’

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ । त्यसै क्रममा यो वर्ष ‘टुरिजम एण्ड वाटर प्रोटेक्टिङ आवर कमन फ्युचर’ (पर्यटन र पानीको बचत, हाम्रो साझा भविष्य) भन्ने नाराका साथ परिषद्ले मर्दी र सेतीमा कार्यक्रम गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ । परिषदले यसै अवसरमा लेकसाईडको कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पनि संचालन गरिरहेको छ । परिषद अध्यक्ष भुृजेलले विश्व पर्यटन दिवसलाई प्रभावकारि बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

१५ दिनसम्म चल्ने कार्यशालामा १२ स्वदेशि र ३ विदेशी मूर्तिकारहरुले विभिन्न खालका मूर्ति निर्माण गरिरहेका छन्् । अहिले ढुंगामा विभिन्न आकार दिने काम भईरहेको छ । ‘शान्ति र मित्रता’को नारा साथ सुरु गरिएको कार्यशालामा सर्वसाधारणको लागि निशुल्क तथा प्रत्यक्ष अवलोकन गर्ने सुृविधा दिईएको छ । पोखरालाई अन्तर्राष्ट्रिय सम्वृद्ध सहर बनाउनका लागि थालिएको यो अभियानमा स्थानिय बासिन्दा र आन्तरिक तथा बाह्य पर्यटकहरुले उत्सुकतापुर्वक अवलोकन गरिरहेको भुजेलको भनाई छ ।

कमेन्टहरु
Loading...