कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौ, ९ असोज/उच्चमाध्यामिक शिक्षा परिषदले कक्षा १२ को ब्यबस्थापन, मानविकी र शिक्षा संकायको नजिता प्रकाशित गरेको छ । परिषदको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परिक्षामा नियमिततर्फ ३८ दशमलब ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २ लाख ८ हजार ७ सय १ जना परिक्षार्थी सहभागी भएकोमा ८० हजार ६ सय २० जना उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी आंशिकतर्फ ३१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार १ लाख ३७ हजार ५ सय १२ परीक्षार्थी सहभागी भएकोमा ४२ हजार ५ सय ३८ जनाले उतिर्ण भएका हुन् ।

परिषद्ले परीक्षामा १ विषय अनुतिर्ण भएका विद्यार्थीहरुका लागि मौका परीक्षा परीक्षाको व्यवस्था गरेको छ । आगामी कात्तिक ९ मा मौका परीक्षा गरिने परिषदले जानकारी दिएको छ । परीक्षाफल हेर्नका लागि परिषदको वेवसाइट  http://hseb.edu.np/ हेर्न सकिने छ ।

कमेन्टहरु
Loading...