फाइनल प्रवेशका लागि दुर्गा र धरम भिड्ने

पोखरा, ९ असोज/स्काई माउण्ट टेनिस क्लवको आयोजनामा पोखराको मालेपाटनस्थित शसस्त्र प्रहरी बल कालिका गण हाता भित्रको टेनिसकोर्टमा जारी पोखरा ओपन टेनिस प्रतियोगितामा दुर्गा कुँवर सेमिफाइनलमा प्रवेश गरेका छन् । शसस्त्र प्रहरी एसएसपी कुँवरले पोखराका शिर्षस्थान खेलाडी अनिल शाहिलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दे मेन्स सिंगल्सतर्फ सेमिफाइनलमा स्थान बनाएका हुन् ।

सोही इभेण्ट अन्र्तगतको अर्को खेलमा तारामान गुरुङ्गले विकास गुरुङ्गलाई ६–१,६–१ ले पराजित गर्दै सेमिफाइनल सुरक्षित पारे । त्यसैगरि धरमसिंह लामिछानेले राजु गुरुङ्गलाई ६–४, ६–४ ले पाखा लगाउँदै सेमिफाइनलमा दुर्गा कुँवरसंगको भिडन्त पक्का गरे । अर्को सेमिफाइनलमा तारामानले बलियो प्रतिद्धन्द्धी शक्ति शर्मासंग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत मेन्स डवल्सतर्फ प्रतिस्प्रधात्मक खेलमा धरम र राजु गुरुङ्गको जोडिले मेसुका राजु गुरुङ्ग र गंगा शर्मालाई ६–४, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै दुर्गा कुँवर र अनिल तुलाचको जोडिले पनि सक्षम विजुक्छे र नविन श्रेष्ठलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन भने अनिल शाहि र शक्तिको जोडि पनि सेमिफाइनल पुगेको छ । प्रतियोगिताको सेमिफाइनल खेल विहिबार प्रतियोगिता संयोजक नविन श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...