उमाखर गुमादेवी अक्षयकोष स्थापना

असोज ९ ,पोखरा/विद्यालयको शैक्षीक गुणस्तर बृद्धी गर्ने र गरिब तथा जेहेन्दार विद्यार्थी सहयोग पु¥याउने उदेश्यले आफ्नो बुबाआमाको स्म्ृतीमा कास्की जिल्लाको पुम्दीभुम्दी २ खाल्सेमा रहेको कालीका प्रा.वी.मा छोराहरु लेखनाथ बराल,डण्डपानी बराल र केशवराज बरालले उमाखर गुमादेवी अक्षयकोषको स्थापना गरेका छन् ।
उनीहरुले रु. पचास हजारको अक्षयकोष स्थापना गरेको र उक्त्त अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृती दिइने विद्यालयका प्र.अ. नारायण बास्तोलाले जानकारी दिए । यस्तो किसीमको सहयोगले विद्यालय र विद्यार्थी दुवैलाई सहयोग हुनुका साथै सम्रग विद्यालयको गुणस्तरमा पनि सुधार आउने उनले बताए ।

कमेन्टहरु
Loading...