पोखराको बसुन्धरा पार्कमा अन्तारष्ट्रिय मुर्तिकला कार्यशाला जारी

पोखरा, ९ असोज /पोखरामा अन्तर्राष्ट्रियस्तरको मूर्तिकला कार्यशाला जारी रहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान एवं पोखरास्थित विभिन्न संघ–सस्थाहरुको सहभागितामा कोमागानेपार्क बैदाममा एक गते देखि अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको हो । १५ दिनसम्म चल्ने कार्यशालामा १२ स्वदेशि र ३ विदेशी मूर्तिकारहरुले विभिन्न खालका मूर्ति निर्माण कार्य गरिरहेका छन्् ।अहिले ढुंगामा विभिन्न आकार दिने कार्य भईरहेको छ । शान्ति र मित्रताको नाराका साथ सुरु गरिएको कार्यशालामा सर्वसाधारणको लागि निशुल्क तथा प्रत्यक्ष अवलोकन गर्ने सुृविधा प्रदान गरिएको यो कार्यशालाबाट निर्मित मूर्तिहरु कोमागाने पार्कमा नै प्रतिस्थापन गरिने छ ।

IMG_6389आधुनिक महानगरको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तथा पोखरालाई अन्तर्राष्ट्रिय सम्वृद्ध सहर बनाउनका लागि थालिएको यो अभियानमा स्थानिय बासिन्दा र आन्तरिक तथा बाहीय पर्यटकहरुले उत्सुकतापुर्वक अवलोकन गरिरहेका छन् । तर स्थानीय सरकारी तथा गैरसरकारी सस्थाहरुले जुनरुपमा पहिले प्रबिद्धता जनाएका थिए त्योरुपमा सहयोग र उपश्थिति नजनाएको आँफुलाई महसुस भएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ ओम खत्रीले बताउनुभएको छ।

उहाँका अनुसार ठुलठुला ढुंगाहरुमा कला भर्नुपर्ने मुर्तिकारहरु अहिले त्यहाँ आउने अवलोकनकर्तालाई ब्यवस्थापन गर्न स्वयम खटिनुपर्ने अवस्था रहेको छ । पार्कमा मूर्तिकला प्रतिष्थापन गरिएपछि पोखरा आउने पर्यटकको बसाई लम्बिने अपेक्षा गरिएको छ । तर यतिधेरै महत्पुर्ण कायशाला पोखरामा हुँदा पनि यहाँका सरकारी तथा गैहसरकारी संसस्थाहरुले जुन स्तरमा सहभागिता जनाउनुपर्ने हो त्यो रुपमा नभएको आँफुलाई पनि लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्य भूजेलले बताउनुभयो। उहाँले यस्तो ऐतिहाँसिक कार्यमा ब्यवहारिकरुपमै सहकार्य गर्न सवै संघसस्थाहरुलाई आग्रह समेत गर्नुभएको छ ।

यहाँ अहिले भइरहेको कार्यको अन्तराष्ट्रिय मुर्तिकारहरुको संस्था ए आइ ई एस एमको वेभसाईडमार्फत इटलिबाट नियमित अपडेट भइरहेको छ । आगामी दिनमा प्रकासन हुने क्यटलकमा समेत कार्यसालाको प्रकासन गरिने छ । क्यटलकलाई विश्वका ठुलठुला म्युजियम, विश्वविद्यालय र कलाकारहरुकाविच पुग्ने भएकाले यसको महत्व र प्रचारप्रशार विश्वब्यपिकरण हुने संयोजक खत्रिले जानकारी दिनुभयो। पोखरामा पहिलो पटक आयोजना गरिएको यो कार्यशाला सम्पन्न गर्न झण्डै ४० लाख खर्च लाग्ने छ ।

कमेन्टहरु
Loading...