विद्यालयको कारण विद्यार्थी बेपत्ता, तीन दिन देखि छात्रा कहा छन् ?

गोकुल बानियाँ /पोखरा ९ असोज । बिगत सात बर्षदेखि अध्ययन गर्दै आएको बिद्यालयका प्रधानाध्यापकले गालिगलौज गर्दै निकालेपछि एक छात्रा तीन दिन देखि बेपत्ता छिन् । पोखरा–१ सिम्पानीमा रहेको करुणानिधि एजुकेशन फाउण्डेशनमा कक्षा १० मा अध्यनरत निशा गौतम बिद्यालयबाट निकाल्दाको पिडा सहन नसकी बेपत्ता भएको अबिभाबकले गुनासो गरेका छन् । गत आईतवार साझ साढे ५ बजे विद्यालयबाट निस्किएकी उनको स्कुल ब्याग, जुत्ता र टाई गाईघाटको सेति किनारमा भेटिए पनि अबस्था भने अज्ञात छ । सोहि बिद्यालयमा एउटै कक्षामा अध्ययनरत एक छात्रसंगको प्रेम सम्बन्धको बिषयलाई लिएर बिद्यालयले अबिभाबकलाई जानकारीनै नदिई आईतवार स्कुलबाट बाहिर निकालेको उनका पिता नबिनले बताएका छन् ।karunanedhee bata harayako student ko photo ho

नियमित बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म बिद्यालयको जिम्मामा रहेकी उनलाई बिद्यालय समय नसकिदै बाहिर निकाल्दा आफुलाई समयमा जानकारी गराएको बिज्ञप्तीमा उल्लेख छ । ‘ असोज ६ गते साझ साढे ५ बजे बिद्यालयका शिक्षक भानुभक्त पोखरेलले फोन गरी तपाईको छोरीलाई घर पठाईदिएका छौ बाटोमा आउदै होलिन्, लैजानुस् भन्नुभयो उनका पिता नबिनले जारी गरेको बिज्ञप्तीम भनिएको छ – नपठाउनुहोस् आईहाले भन्दा समेत उहाले पठाईसक्यौ आएर लैजानुहास् भन्नुभयो । ’

अबिभाबकलाई जानकारी नगराएको पिडितका छिमेकी बिष्णु बास्तोलाले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘ छात्रालाई स्कुलबाट निकाल्दा पनि कुनै जानकारी गराईएन , बास्तोलाले भने – बिद्यालयले दिएको तनाब सहन नसकेर उनी बेपत्ता भएकी हुन् ।’ बिद्यालयाट जानकारी आए लगतै छोरी लिन गएका नबिन बिद्यालयको गेटमा गएर केहिबेर कुरेपछि छोरी नआएपछि बिद्यालय परिसरमा हेर्दा नदेखेपछि बाहिर खोज्न निस्केका थिए ।
एसएलसि परिक्षालाई लक्षित गरी डे बोर्डसमा रहेकी छोरी बिहान ७ बजे घरबाट जाने र ९ देखि १० बजे एक घण्टा खाना खानको लागि घर आउने र पुन बिद्यालय गई साझ ८ बजे आफु लिन गएपछि मात्रै आउने गरेको उनले बताएका छन् । साझ ५ देखि ६ बजे खाजा खाने समयमा साथिहरुसंग कुराकानी गरेर बसिरहेको बेला प्रधानाध्यापक डिल्लिराम अधिकारीले बोलाएर हकार्दै तत्काल बिद्यालयबाट निस्कन भनेका थिए ।

स्कुलबाट बाहिरिएकी उनि गाईघाट तर्फ जार्दै गरेको सोहि बिद्यालयका पूर्ब शिक्षकले देखेपछि बिद्यालयले उनलाई स्कुलबाट निकालेको जानकारी अबिभाबकलाई गराएको थियो । आफ्नी छोरीलाई स्कुलबाट निकाल्दा सम्म एक पटकपनि जानकारी नगराएको र एक्कासी उनी बेपत्ता भएपछि मात्र जानकारी गराएको उनका पिता नबिनले बताए । ‘ बिहान हासी खुसी बिद्यालय गएकी छोरी साझ बेपत्ता हुनु बिद्यालयकै कमजोरी हो । ’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनका छिमेकी बिष्णुले भनेका छन् ।

स्कुलबाट निकालिएकी उनको सामान नदि किनारमा भेटिएपछि तत्काल प्रहरीलाई खबर गरेपनि अहिलेसम्म उनको अबस्था बारे केहि पत्तो लाग्न सकेको छैन । प्रहरीले आईतवार साझनै छात्रा बेपत्ता भएको बारे जानकारी आएको र खोजीकार्य जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजेशनाथ बास्तोलाले भने ‘ हराएकी छात्राको खोजीकार्यलाई पहिलो प्रथामिकता दिएका छौ, उनको अबस्थाबारे जानकारी पाएपछि थप अनुसन्धान अघि बढाउछौ । ’

एक मात्र सन्तान छोरी बेपत्ता भएपछि उनका बाबु नबिन र आमा भाबबिह्ल छन् । कास्की पुरन्चौर ५ घर भएका उनिहरु हाल पोखराको बगरमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । निजि बिद्यालय अर्गनाईजेशन प्याब्सन पनि बिद्यालयलाई जोगाउन लागि परेको अबिभाबकको आरोप छ । छोरीमाथि भएको ब्यबहार बारे बुझ्न जादा बिद्यालयका प्रधानाध्यापक अधिकारीले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिएको पिडितको दुखेसो छ । उनका बिता नबिनले आफ्नी छोरीको खोजीको लागि सबै संग अपिल गरेका छन् । kef 2

कमेन्टहरु
Loading...