रविन्द्रलाई एमाओवादीले भन्यो ‘व्यक्तिहत्या’ को आरोप नलगाउ

सागर राज तिमिल्सिना
पोखरा, ८ आश्विन/नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले आफ्नो राजनैतिक चरित्र हत्या गर्ने षडयन्त्र भैरहेकोे दावी गर्दै पोखरमा गरेको पत्रकार सम्मेलनमा बोलेको कुरालाई लिएर एमाओवादी कास्कीले खण्डन गरेको छ । पोखराबाट प्रकाशित हुने आदर्श नेपाल दैनिकले सोमबार अधिकारी एमाओवादीमा प्रवेशको तयारीमा भन्दै प्रकाशित गरेको समाचार विषयमा एमाले कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा युवानेता अधिकारीले ‘व्यक्तिहत्या’को अभिव्यक्ती दिएकोमा एमाओवादीले आपत्ती जनाएको हो । rabindra adakariएमाओवादी कास्कीका मुख्य कार्यालय सचिब लालमोहन तिवारी (सागर) ले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो ।

प्रेस विज्ञप्तीको पुर्णपाठ
प्रेस विज्ञप्ती
हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) कास्कीको २०७० असोज ८ गते पोखराबाट प्रकाशित भएका पत्रिकाहरुमा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।
यतिखेर मुलुक संविधानसभाको दोश्रो निर्वाचनको बाटोमा क्रमशः बढ्दै गइरहेको स्थितीमा हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) लाई बद्नाम गराउन सुनियोजित रुपमा भ्रामक समाचारहरु पनि आइरहेका छन् । २०७० असोज ७ गते पोखराबाट प्रकाशित हुने एक दैनिकमा आएको समाचारलाई खण्डन गर्ने बहानामा पुर्वसभासद रविन्द्र अधिकारीद्वारा महान् जनयुद्ध र समग्र वर्गीय आन्दोलनप्रति आक्षेप लगाउदै अभिव्यक्ति दिनु खेदजनक छ ।
बामपन्थी आन्दोलनमा लागेका, आफुलाई जनपक्षीय भनेर प्रचार गर्ने रविन्द्र अधिकारीले महान जनयुद्ध जसले मुलुकलाई परिवर्तनको यो ठाउँमा ल्याउन सफल भयो त्यहि आन्दोलनलाई ‘व्यक्तिहत्या’ को रुपमा अपहेलित गर्नु आपत्तिजनक विषय हो । स्मरण रहोस् जनयुद्धकै बलमा भएको जनआन्दोलनकै कारण संविधानसभाको निर्वाचन संभव भएको थियो । पत्रिकामा प्रकाशित भएको समाचारलाई आधार बनाएर सिङ्गो पार्टी र आन्दोलनलाई बद्नाम गर्ने र आफु चोखो बन्ने कुत्सित मनसाय राखिएकोमा यसको हामी घोर भत्र्सना गर्दछौ ।
मुलुककै ठूलो पार्टी एकीकृत माओवादी जनतालाई अधिकार सम्पन्न गराउने र मुलुकलाई सम्बृद्ध बनाउने मुद्दा बोकेको पार्टी भएकोले कुनै व्यक्तिका विरुद्ध षड्यन्त्र गर्न आवश्यक नरहेको पनि यसै विज्ञप्ती मार्फत स्पष्ट पार्न चाहन्छौ ।
अन्तमा, नेपाली जनताको भविष्य निर्माण र अधिकारसम्पन्न बनाउनका लागि यहि मंसिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनलाई सफल बनाउने कार्यमा सबैको ध्यान केन्द्रीत गर्न आग्रह गर्दछौ ।
……………………….
लालमोहन तिवारी (सागर)
मुख्य कार्यालय सचिव
एकीकृत ने.क.पा.(माओवादी), कास्की

कमेन्टहरु
Loading...