प्राचार्यले प्रेम नगर्न अन्तिम चेतावनी दिएपछि छात्रा वेपत्ता, दुई दिनसम्म बेखबर, खोलाको छेऊमा भेटियो झोला, टाई र जुत्ता

पोखरा ८ असोज/विद्यालयबाट घर जान भनि हिँडेकी एक छात्रा एकाएक वेपत्ता भएपछि अहिले पोखरा–१ सिम्पानीमा रहेको करुणानिधि एजुकेशन फाउण्डेशनमा तनाव उत्पन्न भएको छ । विद्यालय स्रोतले दिएको जानकारी अनुसार मंगलबारसम्म उनी हराएको दुई दिन भैसक्यो । प्रहरीमा समेत उजुरी पुगिसक्यो, तर अहिलेसम्म पनि उनको अत्तोपत्तो छैन । यसरी एकाएक वेपत्ता हुने छात्रा निशा गौतम करुणानीधि उच्च माविमा कक्षा १० मा अध्ययनरत थिईन् । छोरी एकाएक वेपत्ता भएपछि अहिले उनको अभिभावकसंगै टोल छिमेक पुरै चिन्तामा छन् ।

असोज ६ गते आईतवार साँझ साढे ५ बजे एउटै कक्षामा पढ्ने छात्रसंगको प्रेम सम्बन्धको बिषयलाई लिएर विद्यालयका प्रधानाध्यापक डिल्लिराम अधिकारीले तत्काल स्कुलबाट निस्कन भनेपछि उनी घर जान्छु भन्दै निस्किएको बुझ्नमा आएको छ । साँझसम्म घर नपुगेपछि खोज्दै जाँदा गाईघाटको सेती किनारमा झोला, जुत्ता र टाई भेटिए पनि उनको भने पत्तो लाग्न नसकेको पारिवारीक स्रोतले जनाएको छ । एक मात्र सन्तान छोरी बेपत्ता भएपछि उनका बाबु नबिन र आमा चिन्तामा डुबेका छन् । कास्की पुरन्चौर ५ घर भएका उनीहरु हाल पोखराको बगरमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । प्रहरीले आईतबार साँझनै छात्रा बेपत्ता भएको बारे जानकारी आएको र खोजीकार्य जारी राखेको जनाएको छ । कास्की प्रहरीले हराएकी छात्राको खोजीकार्यलाई पहिलो प्राथमिकता दिएको र उनको अवस्थाबारे जानकारी पाएपछि थप अनुसन्धान अघि बढाउने जनाएको छ ।school

संगै अध्ययन गर्ने युवकसंगको प्रेमसम्बन्धकै कारण स्कुलले दबाब दिएपछि उनी मानसिक तनावमा परेर विद्यालयबाट निस्किएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । उता विद्यालय व्यवस्थापनले भने केटासंगको प्रेमसम्बन्धका कारण पढाई विग्रँदै गएपछि उनलाई त्यसो नगर्न चेतावनी दिएको बताएको छ । यद्यपी विद्यालय व्यवस्थापन हराएकी छात्रासंग कडा रुपमा प्रस्तुत भने नभएको दाबी गरेको छ । यता पिडित परिवारले भने छोरी वेपत्ता हुनुमा विद्यालय व्यवस्थापनकै हात रहेको आरोप लगाएको छ । विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले भने यो कुरा मान्न तयार छैनन् । ‘छात्र ÷छात्राको कारण बिद्यालयमा पढाईको वातावरण समेत विग्रने अवस्था थियो ।’ उनले भने–‘यो विषयमा छात्राको अभिभावकलाई समेत हामीले जानकारी गराएका थियौँ ।’

सुध्रने आशासहित केहि समय अगाडी अभिभावकले छात्रालाई होस्टलमा राखेर पढाईरहेको समेत विद्यालयस्रोतले दाबि गरेको छ । त्यसपश्चात पनि उनको ध्यान केटाप्रति बढि भएपछि विद्यालयले पुनः अभिभावककै हातमा छात्रालाई सुम्पिएको थियो । गत आईतबार साँझ होस्टेल वार्डेन सालिकराम अधिकारीले उनीहरु दुबैलाई एउटा कक्षामा कुराकानी गरिरहेको देखेपछि प्रधानाध्यापक डिल्लिराम अधिकारी समक्ष लगेका थिए । अधिकारीले छात्रालाई तत्काल बिद्यालयबाट निस्कन आग्रह गरेपछि उनि बाहिरिएकी थिईन् । छात्रा बेपत्ता भएपछि आफुहरुलाई पनि चिन्ता लागेको बिद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...