सफल कप खेल्न राजधानीका क्लवहरु उत्साहित

सफल पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको मिति नजिकिदै गर्दा राजधानीका विभिन्न क्लवहरु पनि यो प्रतियोगितामा भाग लिन उत्साहित देखिएका छन् । प्रतियोगिताको उपाधी जित्नका लागि राजधानीका केहि क्लवहरु अहिल्यैदेखि अभ्यासमा जुटिसकेका छन् ।

प्रतियोगिताको तयारीमा रहेको कास्की जिल्ला फुटवल संघको पदाधीकारिहरुले राजधानीका विभिन्न क्लवका जिम्मेवार पदाधीकारि तथा खेलाडीहरुसंग भेटघाट र छलफल समेत गरेको छ । राजधानीको तीन दिने भ्रमण सकि भर्खरै पोखरा फर्किएका संघ कास्कीका अध्यक्ष गोपीबहादुर भट्टराईले राजधानीका क्लवहरुले सफल कपका लागि देखाएको उत्साहले आफुहरुमा पनि खुसि ल्याएको बताए ।safal pokhara cup

‘ए डिभिजनका उत्कृष्ट क्लवहरुले सफल कपमा भाग लिने चाहना राखेका रहेछन’ उनले भने –‘उनीहरुसंगको भेटघाट पछि हामीमा पनि थप उत्साह थपिएको छ ।’ प्रतियोगिता संयोजक कुमार गुरुङ्गले यसपटकको प्रतियोगितामा विदेशका उत्कृष्ट तीन टिम विभागिय तीन, नेपालका ए डिभिजनका पाँच तथा आयोजक पोखराको एक गरि १२ टिमको सहभागिता रहने बताए । ‘अष्टे«लियाको मेलवर्न र हङकङको नेप्लीज हङकङ फुटवल एशोसिएसन आउने पक्का भै सकेको छ, अर्को टिम भुटानको राष्ट्रिय टिम हुन सक्छ’– उनले भने ।

आउदो कार्तिकको ५ देखि १६ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारीका सन्दर्भमा संघ कास्कीको टोलिले प्रतियोगिताको मुख्य प्रायोजक लक्ष्मी ग्रुपको सफल दुध अन्तर्गत विभिन्न निकायका पदाधिकारीहरुसंगपनि भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । प्रतियोगितालाई कसरि सफल पार्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर राजधानीमा भएको छलफल कार्यक्रममा लक्ष्मी ग्रुपको तर्फबाट एक्जुकेटिभ डाइरेक्टर अञ्जन श्रेष्ठ, डेप्युटि जेनेरल म्यानेजर महेन्द्र श्रेष्ठ र ब्राण्ड अफिसर महेन्द्र कोइराला सहभागि थिए भने आयोजक संघको तर्फबाट संघका अध्यक्ष गोपीबहादुर भट्टराई, उपाध्यक्ष कुमार गुरुङ्ग, मिलन गुरुङ्ग र धरमसिंह लामिछानेको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...