पोखरा, ७ असोज/साहित्यकार तथा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रबीन्द्र माकाजूको ३५ औं कृतिको रुपमा ‘२५ बर्षको यात्रा’ प्रकाशित भएको छ । समितिद्धारा विगत २५ बर्षदेखि सञ्चालन गर्दै आएको जन्माष्टमी शोभायात्रा तथा समितिका अन्य गतिविधीहरु पुस्तकमा समाबेश गरिएका छन् ।
उक्त पुस्तकमा लेखक माकाजूले धर्म परिवर्तन प्रति गहन चिन्ता ब्यक्त गर्दै धर्म निरपेक्षताका नाउँमा हिन्दुहरुमाथी अन्याय भैरहेको तर्फ सबैमा ध्यानाकर्षण गराईएको छ । कुल पयष्ण् ६४ रहेको उक्त पुस्तकमा रंगीन फोटोहरु पनि समावेश भएकाले आर्कषक एवं पठनीय भएको बताईएको छ ।