जातिय संघियता संभव छैन–जनमोर्चा अध्यक्ष केसी

पोखरा, ७ असोज/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले नेपालमा जातिय संघियता संभव नभएको वताउनुभएको छ । संवाद नेपालले पोखरामा गरेको सात्क्षत्कार कार्यक्रममा केसीले विदेशीको इशारामा आएको संघियताले देशको अहित गर्ने ठोकुवा गर्नुभयो । विगतमा शीर्ष राजनीतिक दल आवश्यकता भन्दा वढि सत्ता केन्द्रित हुँदा संविधान वन्न नसकेको दावी केसीले गर्नुभयो ।

अहिले जस्तो सवैले थाहा पाउने र देख्ने पारदर्शी विदेशी हस्ताक्षेप हुँदा पनि ठूला दलहरु जिम्मेवार नवन्नु दुखदायी भएको केसीले टिप्पणी गर्नुभयो । मंसिरको चुनाव दुई माओवादीको हातमा रहेको पनि अध्यक्ष केसीले भनाई छ । अध्यक्ष केसीले भन्नुभयो–अन्य सवै जसो ठूला राजनीतिक दल कांग्रेस, एमाले र फोसम लगायतका मद्येशी दल चुनाव प्रति सकरात्मक नै छन् तर चुनाव हुन सकेन भने त्यो यी दुई माओवादीका कारण नहुने हो । मंसिर ४ को चुनाव माओवादीका क्रियाकलापमा भर पर्ने भन्दै उहाँले चुनावले मात्रै देशले दलिय सरकार पाउने दावी अध्यक्ष केसीको छ ।

चुनाव भन्दा वाहिरवाट मुलुकको समस्या समाधान हुने कुनै अर्को वाटो रोज्नु हुँदैन, अध्यक्ष केसीले भन्नुभयो–विकेन्द्रीत अधिकार सम्पन्न संविधानले मात्रै देशको समृद्धि हुन्द्ध । संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...