सेना परिचालन विरुद्ध शसक्त आन्दोलन – गजुरेल

सागर राज तिमिल्सिना
पोखरा ७ असोज/नेकपा माओबादीका उपाध्यक्ष सिपी गजुरेलले सेना परिचालन भए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण आन्दोलन दवाउन सेना परिचालन गरिए अर्को चरणको शसक्त आन्दोलन थाल्ने उनले बताए । निर्वाचनको बिरुद्धमा रहेको ३३ दलिय मोर्चाले सोमबार पोखरामा आयोजना गरेको विरोध सभामा गजुरेलले निर्वाचन सम्पन्न गरी संबिधान निर्माणको लागि नभई सेना परिचालन गरी राष्ट्रपति शासन लगाउन लागिएको उनको आरोप छ ।

‘निर्वाचनको बिरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दा सेना परिचालन गरिए सैनिक शासनको बिरुद्ध लाखौ जनता सडकमा उतार्छौ । ’ उनले भने । सेना परिचालन गरि देश मुडभेडमा जाने उनको ठहर छ । चुनाबलाई अघि सारेर सेना परिचालन गरी देशमा सैनिक सासन लाद्ने आन्तरिक रणनीतिमा दलहरु रहेको उनले बताए । ‘सामान्य अबस्थामा सेना परिचालन गरिदैन – उनले भने ‘ सेनाले ब्यारेक छोड्यो भने देशमा ठुलो संकट निम्तन्छ । ’ राष्ट्रपति सेना परिचालनको बिरुद्धमा रहेपनि भारतको दवाबमा बाधा अड्काउ फुकाउको लागि तयार भएको उनको आरोप छ ।ghathar
मंसिर ४ मा कुनैपनि हालतमा निर्वाचन हुन नदिने गजुरेलको जिकिर छ । मनोनयन दर्ताको लागि सुरक्षा दिन नसकेर कार्यतालिका परिवर्तन गर्ने आयोगले निर्वाचनमा सुरक्षा दिनै नसक्ने उनले बताए । सेना परिचालन गरी निर्वाचन गर्न खोजिए सेनाको घेरामा चार दलका नेता मात्र हुने र मतदातालाई बुथसम्म जानै नदिने उनले उद्घोष गरे ।

कमेन्टहरु
Loading...