वैद्यलाई चुनावमा ल्याउन उमेद्वारीको मिति पछि ः गच्छदार

सागर राज तिमिल्सिना
पोखरा ७ असोज/मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छदारले माओवादी सहितका ३३ दललाई चुनावमा ल्यानका लागी उमेद्वारीको समय पछि सारेको बताएका छन् । उच्चस्तरिय राजनीतिक समितिमा समेत रहेका उनले असन्तुष्ट बैद्य नेतृत्वको मोर्चा निर्वाचनमा आए मंसिर ४ कै निर्बाचनमा सहभागि गराउन सकिने बताए ।

दल दर्ता, मतदाता नामावली लगायतका अन्य प्रक्रियालाई दलिय सहमतिका आधारमा टुङ्ग्याएर असन्तुष्टदललाई निर्वाचनमा सहभागि गराउन सकिने उनले बताए । उनले भने ‘ बैद्यजी चुनाबमा अझै सहभागि हुन सक्नुहुन्छ, ढोका खुल्लैछ । ’ उनले असन्तुष्टदल दल नआए पनि मंसिर ४ मै निर्बाचन हुने बताए । चुनाबको सबै प्रक्रिया अघि बढेको र पछाडि हट्ने अबस्था नरहेकाले जसरी पनि निर्वाचन हुने उनको दावि छ ।chadhar

नेता गच्छदारले आगामी संबिधानसभा निर्वाचनबाट चौथो शक्तिको रुपमा उदाउने दाबि गरे । आज पोखरामा पत्रकारहरुसंग कुराकानी गर्दै गच्छदारले आगामी निर्वाचनमा ५० निर्बाचन क्षेत्रमा जित हात पार्ने दाबि गरे । उनले साना मधेशबादी दलहरुसंग चुनाबी तालमेल हुने बताउदै तीन ठुला पार्टी एमाओबादी, कांग्रेस, एमाले संग यसबारे औपचारिक÷अनौपचारिक कुनैपनि छलफल अहिलेसम्म नभएको बताए ।

फोरम लोकतान्त्रीकले ५५ जिल्लाको दुई सय निर्बाचन क्षेत्रबाट चुनाब लड्ने उनले जानकारी दिए । ठुला पार्टीबाट पनि आफ्नो पार्टीमा प्रबेश गर्नेको लहर चलेको भन्दै गच्छदारले पूर्बि नेपाल र पश्चिम थारुहठमा आफ्नो पार्टीको पकड राम्रो रहेको दाबि गरे । मधेशी जनअधिकार फोरम लोकतान्त्रीक कास्कीले पोखरामा आयोजना गरेको सभा एबं पार्टी प्रबेश कार्यक्रममा करिब १ सय जना फोरमा प्रबेश गरेका थिए ।

कमेन्टहरु
Loading...