पोखरा, ६ असोज/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काअध्यक्ष सुबोधराजप्याकुरेलले आगामी संविधान सभाको निर्वाचनमा इन्सेकले मतदाताशिक्षानागरिक अभियान सञ्चालनगर्ने बताए । उनले देशका ७५ औटै जिल्लाबाट उम्मेद्वार र राजनीतिकदलको सम्परीक्षण गर्ने बताउँदै कस्तालाई भोट दिने,कास्तालाई नदिने र किनभोट दिने र किननदिने भन्ने विषयमागाउँगाउँमानागरिकमा सचेतनाअभियान आगाडि बढाउने जानकारी दिए । इन्सेक पश्चिमाञ्चल क्षेत्रीयकार्यालयद्वारा असोज ६ गते पोखरामाआयोजनागरिएको पत्रकार भेटघाट कार्यक्रममाबोल्दै अध्यक्षप्याकुरेलले निर्वाचनको स्वच्छ ,निष्पक्ष र भयरहितनिर्वाचनभएको वानभएको सम्बन्धमानागरिक समाजसंग समन्वय गरेर निर्वाचनपर्यवेक्षण गरी सत्य तथ्यप्रतिवेदन सार्वजनिकगर्ने बताए । उनले देशकाकम्तिमा ३ सय मतदान केन्द्र (बुथ) को इन्सेकले पर्यवेक्षण गर्ने जानकारी दिए ।
बहिष्कारको अभियानमालागेको नेकपा–माओवादीसहितको मोर्चा निर्वाचनमा सहभागीनभएमा देशकाकम्तिमा २५ जिल्लामानिर्वाचनप्रभावितहुनसक्ने तर्फ संकेत गर्दै अध्यक्षप्याकुरेलले निर्वाचनका समयमा नेपाली सेनालाई समेत परिचालनगरिनुपर्नेमाजोडदिए । उनले नेपालप्रहरी, सशस्त्रप्रहरी र नेपाली सेनामिलाएर निर्वाचनकालागि सुरक्षाव्यवस्थागरिनु पर्ने बताउँदै म्यादीप्रहरी भर्ना आवश्यक नरहेको उल्लेख गरे ।
गोरखाजिल्लाफुजेल गाविसका कृष्णप्रसादअधिकारीको हत्या सम्बन्धी घटनाको बारेमाबोल्दै इन्सेक अध्यक्षप्याकुरेलले राजनीतिमाअपराधिकरण गर्न खोजिएको र उक्त घटना द्वन्द्वसंग नजोडिएको हुदाँफौजदारी अपराधको कानुनअन्तरगत अनुसन्धानगरिनु पर्ने बताए । उनले उक्त घटनाका सम्बन्धमाएनेकपामाओवादीले सार्वजनिक गरेको अभिव्यक्ति दण्डहीनताको ज्वलन्तउदाहरण भएको टिप्पणी गरे ।