विकासका नाममा जथाभावी एनजिओ अनुमति नदिन आग्रह

जिविस र नगरपालिकाका प्रमुखहरुको भेला पोखरामा सुरु 
सागर राज तिमिल्सिना
पोखरा, ६ असोज/पश्चिमाञ्चल र मध्यमाञ्चलका स्थानिय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतहरुको भेला आजदेखि पोखरामा सुरु भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०६९÷७० को वार्षिक समिक्षा हुनेछ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्ता बहादुर श्रेष्ठले राजनैतिक दवावमा परेर काम नगर्न आग्रह गरे । उनले अहिलेको अवस्थामा पनि हामीले जनतालाई विकासको प्रत्याभूति दिन सकिएन भने ठूलो कमजोरी हुने बताए ।
सरकारको नेतृत्व समेत कर्मचारी समयन्त्रबाटै भएको बेलामा जनतालाई सेवा र विकास गर्न पनि किन डराउनु प¥यो । राजनैतिक दवाव आई राख्छ, राम्रो कामको लागि हो भने गर्नुस् नत्र दवावमा नपर्नुस् उनले निर्देशन थियो । स्थानीय विकास अन्तर्गतका सबैभन्दा धेरै वेरजु भएको हुदाँ आर्थिक पदर्शिका लागि पनि ध्यान दिएर काम गर्न श्रेष्ठले आग्रह गरे ।

हेलो सरकारमा आएका उजुरी मात्र सबैभन्दा धेरै स्थानीय विकासमा ८ सय वटा उजुरी परेका छन् । त्यसका लागि पनि तपाईहरुले जनताको काम सहज रुपले गर्नु प¥यो । स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश कुमार थपलियाले विकासका लागि जथाभावी एनजिवोहरुलाई अनुमति नदिन आग्रह गर्नुभयो ।

उनले भन्नु भयो, “एनजिओहरुले विकास गर्छन भने गाविसका सबै वडामा काम गर्नु प¥यो, एयटा वडा र एक ठाउँमा मात्र काम गर्ने हो भने त्यस्तो विकासका लागि हामी नै सक्षम छौं । कार्यक्रममा २८ वटा जि.वि.स. र २५ वटा नगरपालिकाका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकृतहरुको सहभागीता रहेको छ । भेला ९ गते सम्म चल्ने छ ।

कमेन्टहरु
Loading...