तेक्वान्दो बेल्ट टेस्ट

पोखरा, ६ असोज/कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित राम निमावि तेक्वान्दो स्कुल र बाराही तेक्वान्दो स्कुलमा आइतबार तेक्वान्दोको संयुक्त बेल्ट टेस्ट सम्पन्न भयो। कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव प्रेमनारायण न्यौपाने र सदस्य क्या. भूपालसिंह गुरुङको उपस्थितमा भएको सो बेल्ट टेस्ट राम निमावि र बाराही तेक्वान्दो स्कुलका डोजाङ प्रमुख महावीर थापाले प्रशिक्षार्थीहरूको टेस्ट लिएका थिए ।

राम निमावि तेक्वान्दो स्कुलबाट ब्लु रेडतर्फ एक, ब्लु बेल्टतर्फ सात, ग्रीन ब्लुतर्फ दुई, ग्रीन बेल्टतर्फ एक, एलोग्रीनतर्फ दुई, एलोतर्फ दुई तथा ह्वाइट बेल्टतर्फ १७ गरी ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

यस्तै बाराही तेक्वान्दो स्कुलबाट ग्रीन ब्लुतर्फ तीन, ग्रीन बेल्टतर्फ चार, एलोग्रीनतर्फ एक, एलोबेल्टतर्फ एक तथा ह्वाइट बेल्टतर्फ १३ गरी २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको सो कार्यक्रममाभीम थापा, विजय पुन र प्रेमबहादुर गुरुङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

कमेन्टहरु
Loading...