फुटबल खेलाडी विष्णुलाई श्रीमती हत्याको अभियोग

काठमाडौ, ६ असोज/थ्रीस्टार क्लबका डिफेण्डर विष्णु सुनुवार श्रीमतीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरि अनुसन्धान जारी रहेको धरान प्रहरीले जनाएको छ ।
थ्रीस्टार क्लबले विष्णुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । विष्णुको श्रीमती झण्डै दुई साताअघि घरमै मृत भेटिएकी थिइन् । आत्महत्या भनेपनि विष्णुको बयान र पोष्टमार्टम रिपोर्ट फरक भएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको हो ।

कमेन्टहरु
Loading...