पोखरामा संगित झुम्यो युवापुस्ता (फोटो र भिडियो )

पोखरा, असोज/पोखरा प्रदर्शनी केन्द्र शनिबार दिनभर संगितमय बन्यो । पोखरेली युवायुवती ‘म्यूजिकको’ तालमा मध्यान्हदेखि बेलुकीसम्म निकै नै रमाए । पोखरेली युवायुवतीलाई नचाउने व्यवस्था मिलाएको थियो टुर्वाेग बियरको सांगितिक माहोलले । चर्काे गर्मिको बाबजुत पनि हजारौं दर्शक शनिबार दिनभर प्रदर्शनीकेन्द्रको उक्त सांगितिक माहोलमा रमाएका थिए । ‘लेट्स गेट लाउड’ भन्दै आयोजना गरिएको सांगितिक कार्यक्रमको रन्कोले दर्शकहरु चर्काे गर्मि नै बिर्सेर उफ्रि उफ्रि नाचेका थिए ।

दिउँसो २ बजेदेखि सुरु भएको सांगितिक कार्यक्रम बेलुकी करिब ८ बजेसम्म चलेकोे थियो । १९७४ एडि, रबिन एण्ड दी न्यू रिभोलुसन, निमा रुम्बा एण्ड दी लेजेण्ड ब्याण्ड, सबिन राई एण्ड इलेक्ट्रिक, दी स्याडोज र अभए एण्ड दी स्टिम ईन्जसले सांगितिक माहोल पस्केका थिए । प्रत्येक ब्याण्डका सदस्यले सबैगरि करिब ३ दर्जन गित पस्केका थिए । त्यसबाहेक घरेलु ब्याण्ड मिलन एण्ड अल रिड्सले करिब आधा घण्टा पोखरेली दर्शकलाई सुरुमै तताएको थियो । निमा रुम्बाको आउ आउ, १९७४ एडिको तिमिलाई पिरतीले बाँधौला लगायतका गितमा दर्शकहरु निकै नै रमेका थिए ।

concate 4
concate 3
concate

भदौ २६ गते नेपालगञ्जबाट सुरु भएको यो सांगितिक यात्रा बुटबल, नारायणगढ, धरान हुँदै शनिबार पोखरा आईपुगेको हो । असोज १९ गते काठमाडौंको दशरथ रंगशालामा पुगेर यसको यात्रा सकिने आयोजक गोर्खा बु्रअरीका ब्राण्ड मार्केटिङ म्यानेजर शौरभ कारञ्जितले जानकारी दिए । उनका अनुसार म्यूजिक ब्राण्डको रुपमा टुर्बाेर्ग बियरको प्रवद्र्धन गर्न यसखालको सांगितिक कार्यक्रम गरिएको हो । ‘देशैभरी संगित मन पराउने शहरमा यस्तो कार्यक्रम गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा ठुलो सांगितिक कार्यक्रम बनेको छ’ उनले भने, ‘युवापुुस्ताप्रति हाम्रो उत्तरदायित्वको रुपमा पनि यस्तो सांगितिकि माहोललाई पस्केका छौ ।’ ‘सबैका लागि संगित’ भन्ने सन्देश युवापुस्ताप्रति पु¥याउने प्रयास गरिरहेको उनले बताए । यो सांगितिक कार्यक्रमले देशैभरी यसअघि भएका कन्सर्टका दर्शकको उपस्थितिलाई पनि नाघेको उनको दावि थियो । ‘कन्सर्टमा दर्शकको नयाँ रेकर्ड बनाएका छौ । यसले हाम्रो उत्पादनलाई संगितको साथमा बुझ्न पाउनेछन्’ कारञ्जितले भने ।

सबैको मुखमा झुण्डिईरहेका कलाकारलाई दशर्कसामु प्रस्तुत गरिएकोले पनि कन्सर्ट प्रभावकारि भएको उनले बताए । पछिल्लो समय नेपालमा विदेशी कलाकार र ब्याण्ड भित्रिने गरेकोमा गोर्खा बु्रअरीले भने नेपाली ब्याण्डको साथ लिएर देशब्यापी सांगितिक माहोल पस्किरहेको छ । ‘स्वदेशी कलाकार र ब्याण्डको प्रवद्र्धनका लागि पनि यसले सघाउने भएकोले विदेशी भित्रयाएनौ’ उनले भने । पोखरा सहित देशका विभिन्न भागमा भएको यस्तो सांगितिक माहोललाई तताउन यसअघि नै ‘म्यूजिकल ट्रक’ मार्फत ‘रोड शो’ कार्यक्रम पनि गरिएको थियो । सांगितिक कार्यक्रम हुने मुख्य शहरका आसपासका साना शहरमा रोड शो कार्यक्रम गरिएको थियो ।

भिडियो

कमेन्टहरु
Loading...