पार्दी दोजाङ्गको पेटि परिक्षा

असोज ६,पोखरा/कास्की जिल्ला तेक्वान्दो संघको मातहतमा रहेको पार्दी दोजाङ्गले बेल्ट टेष्ट कार्यक्रम सम्पन्न गरेको छ । हरेका चार महिनामा हुने बेल्ट टेष्टमा यसपटक दोजाङ्गमा रहेका ३६ जनाले बेल्टटेष्ट दिएका थिए । सबै परिक्षार्थीहरु उत्तिर्ण भएको दोजाङ्ग प्रमुख एवं प्रशिक्षक प्रितम कुँवरले जानकारी दिए ।सोहि अवसरमा दोजाङ्गका सहयोगि क्यानडाका रिड फोरेष्ट, उनकी श्रीमति पूर्णिमा कुँवर, दोजाङ्ग अनुशासित खेलाडीद्धय प्रवाश श्रेष्ठ र इशासा गुरुङ्गलाई पुरस्कृत गरिएको थियो । संघ कास्कीका सदस्य राजन पौडेल, प्रशिक्षक सुनबहादुर लामा, अन्नर्पू आमा समुहका अध्यक्ष अन्नपूर्ण कुँवर लगाएतले आ–आ¥नों भनाई राखेका थिए । उनीहरुले दोजाङ्गले तक्वान्दो प्रशिक्षणका साथै सामाजिक गतिविद्यीहरुपनि सञ्चालन गरेकोमा खुसि व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...