पोखरा क्षेत्रमा फर्निचरको ८० लाखको कारोबार

सागर राज तिमिल्सिना
पोखरा, ५ असोज/पोखरा क्षेत्रमा दैनिकजसो ८० लाख बराबरको फर्निचरको कारोवार हुने गरेको छ । पोखरा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको दशौं साधारण सभा शनिबार पोखराको कार्यक्रमा फर्निचर व्यवसायीहरुले त्यस्तो जानकारी दिएका हुन् । कार्यक्रमका पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोईरालाले व्यवसायीक हकहितको लागि आफुहरु कटिवद्ध भएर लाग्ने बताएदै यसमा सरकारले निजि क्षेत्रलाई चासो नदिएको गुनासो गरे ।

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र शारदाले फर्निचर व्यवासायीहरुको हकहितको लागि सवै एक हुनुपर्ने बताउदै स्वस्च्छ प्रतिष्पर्धा गर्न आग्रह गरे । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले आर्थिक मन्दीले गर्दा जनताको क्रयशक्ति कम भएको बताए । पोखरा क्षेत्रमा ६ सयको हाराहारीमा फर्निचर व्यवसायीहरु रहेको पोखरा फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष भुपेन्द्र गिरीले जानकारी दिए ।

उनले संघमा आबद भएका ४ सय व्यवसायीहरु रहेको बताए । ८ जना व्यवसायीहरुबाट २०५५ सालमा स्थापना भएको संघमा हाल करीब ४० हजार कामदार रहेको दाबी गरे । व्यवासयाीहरुलाई कच्चा पदार्थ अभाव तथा दक्ष जनशक्ति अभाव भएका हुदा तथा डर धम्कीले आफुहरुको पेशा फस्टाउन नसकेको गुनासो गरे । पोखरा क्षेत्रमा खपत हुने फर्निचरका सामानहरु मध्य करीब ६० प्रतिशत चीनबाट आयात हुने र बाँकी ४० प्रतिशत मात्र स्वदेशमा फर्निचर निमार्ण हुने गिरीले जानकारी दिए ।

५० हजार लगानी देखि करोडौ लगानी गरेका व्यवसायीहरुले पोखरा क्षेत्रमा फर्निचरका विभिन्न सामानहरु विक्रि वितरण गर्दैै आएका छन । पोखरा क्षेत्रमा करीब ६ सयको हाराहारीमा फर्निचर व्यावसायीहरु रहेका छन । चिनबाट आयात हुने फर्निचरका सामानहरु हल्का तथा फिनिङ राम्रो हुने भएकोले उपभोक्ताहरुले बढी मन पराएकोले व्यवसायीहरुले धेरै मात्रमा विदेशी मामान भित्राएको संघका उपाध्यक्ष हिरामणि पण्डितले बताए । संघले व्यवसायीहरुको क्षेमता अभिबृद्धि गराउने उद्धेश्यले शिप विकास तालिम केन्द्र स्थापना गर्दै छ भने आर्थिक कारोबारलाई सहज पार्न फर्निचर सामाग्रि सहकारी संस्था स्थापना गरेको पण्डितले जनाए ।

हाल बजारमा भारतीय मजदुरहरु नै फर्निचरमा आबद्ध भएकोले स्वदेशमा रहेका युवाहरुलाई स्वरोजगार दिन पनि उक्त तालिम फलदायी हुने उपाध्यक्ष पण्डितले बताए । स्टील फर्निचर उद्योगका संचालक समेत रहेका पण्डितले विगत २० बर्ष अघि करीब ४ लाखबार सुरु गरेको फर्निचर व्यवसायले हाल उनीलाई सम्पन्न शाली बनाएको छ । हाल उनीसंग १० करोड बराबरको पुजंी पुगेको छ । पोखरा प्रस्र्याङमा व्यवसाय संचालन गरेका पण्डितको पसलमा सिजननमा दैनिक जसो एक लाख बराबरको कारोबार हुने गरेको छ ।

कमेन्टहरु
Loading...