फेवाताललाई जलकुम्भि झारले ढाक्यो, २० ट्रक जलकुम्भिझार निकालियो

पोखरा, ५ असोज/पोखराको मुख्य गहना फेवाताललाई जलकुम्भि झारले ढाकेपछि पोखराका पर्यटन व्यवसायि तथा सुरक्षाकर्मिहरुको संयुक्त प्रयासमा झण्डै २० ट्रक जलकुम्भिझार निकालिएको छ । नेपाल एसोसयिसन अफ टुस एण्ड ट्रावल एजेन्ट नाटा र डाग्रन एरको आयोजनामा भएको कार्यक्रममा झण्डै २ सय जनाले जलकुम्भिझार निकालेका थिए । विश्व सरसफाइ दिवस र नजिकैदै आएको विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रमको आयोजना भएको थियो ।ताल संरक्षणको लागि दजनौं संघसंस्थाहरु जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएपनि फेवातालको अवस्था भने जलकुम्भि झार र मानविय अतिक्रमणले संकटमा परेको छ । पछिलो समय जलकुम्भि झारले ढाकेपछि फेवातालको स्वरुपनै झारले कुरुप बनाउदाँ तालमा पानी समेत देख्न कठिन हुने गरेको छ । फेवाताल संरक्षणका लागि सरकार र विभिन्न एनजीयो आएनजीयोहरुले लाखैं रुपैया वियोनजन गरेपनि फेवातालको अवस्था देख्दाँ ती संघसंस्थाहरुले छुटाएको पैसाले केही काम नभएको प्रष्ट देखिएको छ ।

कमेन्टहरु
Loading...