‘मिस्टर पर्फेक्ट’को टाइटल निरजले जिते

पोखरा, ५ असोज /‘मिस्टर पर्फेक्टको’ टाइटल निरज गुरुङले जितेका छन । पोखरा स्पोर्ट्स एण्ड टोटल फिट्नेस, अमरसिंह पोखराले पहिलोपटक पोखरामा शनिबार आयोजना गरेको कास्की जिल्लास्तरिय ‘मिस्टर पर्फेक्ट–२०७० को प्रतियोगितामा बुल्स हाउसका निरजले ६० जना प्रतस्पर्धीलाई पछि पार्दै ‘मिस्टर पर्फेक्ट’को टाइटल जितेका हुन । ‘मिस्टर पर्फेक्ट’को टाइटलसंगै निरजले नगद पच्चीस हजार पुरस्कार समेत प्राप्त गरे ।

शिबलाल श्रेष्ठको नेतृत्वको निर्णायक मण्डलले अनुशासन, बडी स्ट्रक्चर, मसल पिस, म्युजिकल राउण्ड, समूह पोज, सेभेन प्लस वानमा आएको नम्बरका आधारमा निरजलाई ‘मिस्टर पर्फेकट–२०७०’ को टाइटल प्रदान गरिएको हो । यसअघि, ५५ केजी तौल समूहमा पोखरा टोटल फिटनेसका बिश्वरकाल ठकुरी, ६० केजी तौल समूहमा बुल्स जिम हाउसका सुरेश गुरुङ, ६५ केजी तौल समूहमा पोखरा टोटल फिट्नेसका पदम राना, ७० केजी तौल समूहमा गण्डकी बडी बिल्डिङका महेन्द्र खड्गी, ७५ केजी तौल समूहमा बुल्स जिम हाउसका बिक्रम शाही, ७५ केजी भन्दा माथिको तौल समुहबाट निरज गुरुङ ‘मिस्टर पर्फेक्ट’का लागि फाइनल चरणमा प्रबेश गरेका थिए ।Mr Perfect

प्रतियोगिताको लागि तयारी नगरेको कारण ‘मिस्टर पर्फेक्ट’को टाइटल बिजेता निरजले आफूलाई टाइटल जित्नेमा आशा नभएको बताए । ०६९ मा सम्पन्न ‘मिस्टर माछापुच्छ«े’को लागि गरेको तयारीले गर्दा यस प्रतियोगितामा आफ्नो शरीर राम्रो भएको कारण आफूले ‘मिस्टर पर्फेक्ट’को टाइटल जितेको निरजले बताए । ‘मिस्टर पर्फेक्ट’को टाइटल हात लाग्दा आफू धेरै खुशी भएको निरजले बताए । यसअघि, निरज गुरुङले पोखरामा सम्पन्न दोश्रो माछापुच्छ«े पोखरा–२०६९ को तौलसमूहबाट प्रथम भएका थिए । ‘मिस्टर माछापुच्छ«े’, धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा र धरानमा भएको ‘मिस्टर हिमालय’ मा तृतीय तथा भैरहवामा सम्पन्न ‘मिस्टर अम्बुजा’ मा द्वितिय स्थानमा आएका थिए ।

स्याङ्जा टक्सारका निरज गुरुङले बुल्स जिम हाउसमा ०६५ देखि यता निरन्तर रुपमा शारीरिक व्यायाम गरेको बताउँछन । प्रमुख अतिथि तथा शसस्त्र प्रहरीका एसएसपी राजेश श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । बडी बिल्डिङ संघ कास्कीका सचिव उमेश सिकेको स्वागत मन्तव्य, पोखरा बडी बिल्डिङका भूपू अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन बिक्रम उदासले गरेका थिए ।

कमेन्टहरु
Loading...