मुस्ताङमा एमाओवादीका उमेद्वार सिफारीस

चन्द्रश्वर बस्ताकोटी
जोमसोम १६ भदौ । एकिकृत नेकपा माओवादी मुस्ताङले आगामी मंसिर ४ गतेका लागि दोस्रो अभियानसगै घोषित संबिधानसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारीस गरेको छ । जोमसोममा बसेको एमाओवादी मुस्ताङको बैठकले प्रत्यक्षमा ३ जना र समानुपातिकमा पाँच जना सम्भावीत उमेद्वारको नाम केन्द्रिय समितिलाई सिफारीस गरेको छ । प्रत्यक्षमा बिरेन्द्र ज्वारचन, राजेन्द्र शेरचन र किरण भट्टचनलाई सिफारिस भएको छ भने समानुपातिकमा गायत्री दुरा गुरुङ, सिवानि ल्वागन, गणेश थकाली, कर्मसन्टुक गुरुङ र युवक बिकको नाम दोस्रो संबिधानसभा निर्वाचनको उमेद्वारका लागि सिफारीस गरिएको एमाओवादी मुस्ताङले जनाएको छ ।

पहिलोपटक उमेदवारको नामावली सार्वजनिक नगरेको एमाओवादीले सनिवार पत्रकार सम्मेलन गरेर नामावली सार्वजनिक गरेको हो । पटक पटक गाउँ तहबाट प्राप्त सुझाव अनुसार सम्भावीत उमेद्वारको नामावाली केन्द्रिय समितिमा पठाइएको केन्द्रिय सदस्य प्रकास पोख्रेल सैलेसले बताउनु भयो । पहिलो चरणमा दोस्रो संबिधानसभा निर्वाचन लक्षित जनसम्बन्ध सुदृद्धीकरण अभियान सञ्चालन गरेको एमाओवादी मुस्ताङले दोस्रो चरणको अभियान समेत सञ्चालनको तयारी गरेको छ ।

सनिवार बसेको बैठकले जिल्ला अध्यक्ष गायत्री दुरा गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय जिल्ला चुनाब परिचालन समिती बनाएको छ । जिल्ला अध्यक्ष गुरुङको संयोजकत्वमा आर्थीक समिति, जिल्ला सदस्य शिवानी ल्वागनको संयोजकत्वमा प्रचारप्रसार समिती, दिनेश थकालीको संयोजकत्वमा युवा परिचालन तथा सुरक्षा समिती बनाएको जानकारी दिईएको छ । मुस्ताङमा नेपाली काँग्रेस र नेकपा एमालले पनि सम्भावीत उमेद्वारको नाम छनौट गरि आआफ्नो पार्टीमा सिफारिस गरेका छन । राजनितिक गतिबिधीसंगै मुस्ताङमा निर्वाचनको चहलपहल बढ्दै गएको छ ।

 १६ गाविस र एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा सात हजार एक सय ८९ जनाले तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् । देशभर मनाङ पछि मुस्ताङमा कम मतदाता संख्या रहेको छ । ७ हजार ६६ मतदाता मुस्ताङमा रहेको निर्वाचन आयोग मुस्ताङले जनाएको छ । यसै गरि राष्टिय जनमोर्चा, नेकपा माले र राप्रपा नेपालले समेत उमेदवार सिफारिस गरेका छन । राप्रपाले हाल सम्म उमेदवारका लागि कसैलाई सिफारिस नगरेपनि छिटै उमेदवार सार्वजनिक गर्ने बताएको छ । क्षेत्रीय एव तराईका पार्टीहरुले समेत उमेदवारका लागि ब्यक्ति खोजिरहे पनि अहिले सम्म नपाएको बताइन्छ ।

यता नेकपा–माओवादीले चुनाब बहिष्कारका लागि अभियानै चलाएको छ । मसिरमा चुनाब हुदा उपल्लो मुस्ताङका अधिकासं वासिन्दा जाडोका कारण जाडो छल्ने र ब्यापारका लागि नेपालका बिभिन्न स्थान र भारतमा जाने भएकाले जनताको सहभागिता तुलनात्मक रुपमा कम हुने देखिन्छ ।

कमेन्टहरु
Loading...