सरकारको प्रलोभन देखाएर सविधान सभा वित्याउने चाल– नेता केसी

पोखरा, १९ कात्तिक/नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकिकृत नेकपा माओवादीले सरकारको प्रलोभनमा पारेर सविधान सभा वित्याउन खोजको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले माओवादी काग्रेसलाई सरकारको नेतृत्व गर्न दिएर सविधान सभा वित्याउने खेलमा एकिकृत नेकापमा माओवादी लागेको बताउदै काग्रेस सरकारको लोभमा संविधान सभा वित्याउन नलाग्ने बताए ।

नेता केसीले दलहरु विच बैशाखमा निवार्चन गर्ने सहमति भैसकेको बताउदै निर्वाचन पहिले सहमतिय सरकार बनाउनु पर्ने बताए । उनले भने अहिले कै सरकारको नेतृत्वमा भएको निर्वाचनमा काग्रेस चुनाव नजाने बताउदै त्यसका लागी सहमतीय सरकार आवश्यक रहेको बताए । सहमतीय सरकार जो सुकैको नेतृत्वमा भए पनि मान्य हुने केसी भनाई थियो ।

नेता केसीले सरकारले अन्य दल सगँ सहकार्य नगरी पुर्ण बजेट ल्याएमा विपक्षी दलहरु आन्दोलनमा जाने बताए । उनले भने आन्दोलन एक दिन एक रातमा हुने कुरा हैन तर पनि सरकारले नमाने पछि विपक्षीहरु आन्दोलनमा जानै पर्ने बाध्यता हुने बताए । आन्दोलनबाट अहिलेको सरकारालाई विस्थापीत गर्ने उनको भनाई थियो ।

उनले काँग्रेसमा प्रधानमन्त्रीको विवाद नभएको बताए । दलहरु वीच काँग्रेसको नेतृत्व सरकार वन्ने सहमति भएमा काँग्रेसले तिन देखि पाँच घण्टामा प्रधानमन्त्रीको टुड्डो लागउने बताए । केसीले काँग्रेसमा प्रधानमन्त्रीको बाहिरे देखिए जस्तो विवाद नभएको स्पष्ट पारे ।

अहिले एकिकृत नेकपा माओवादीले पार्टी भित्र विभाजन ल्याउनका लागि आफ्ना पार्टीका नेताहरुलाई प्रधानमन्त्री वन्नुहोस भन्दै हिडेको छ उनले भने– माओवादीले पटक पटक धोका दिएको हुनाले सहमति पछि मात्रै काँग्रेसले प्रधानमन्त्रीको उमेदवार तोक्ने बताए ।

कमेन्टहरु
Loading...