नेपालको राष्ट्रियता १२ बुँदे सहमतीले संकटमा – थापा

सागर राज तिमिल्सिना
पोखरा, ५ असोज/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले दलहरुले भारतमा गरेको १२ बुदे सहमतीपछि नेपालको राष्ट्रियता संकटमा परेको भन्दै अवको निर्वाचनमा राष्ट्रियताको सवाललाई प्रमुख मुद्धाका रुपमा उठाइने बताएका छन् । उनले राष्ट्रियताको संरक्षण र समपर्णबादी विचको प्रतिस्पर्धा आगामी निर्वाचनमा हुने समेत स्पष्ट पारे ।

भारतीय प्रहरीले बर्दियाको गुलेरीयामा नेपालीको घरमा छापा मारेको प्रति असन्तुष्टि जनाउदै उक्त घटना साधारण नभएको बताए । भारतीय प्रहरीले गरेको कामबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता माथि हस्तक्षेप भएको बताउदै छिमेकीको मिचाहा प्रबृतिलाई पुष्टि गरेको उनको भनाई थियो ।

Kamal-Thapaउनले मंसिर चार गते दोस्रो संविधान सभाको निर्वाचनमा सवै दलको सहभागिता अनिवार्य रहेको बताए । नेपाल राष्ट्रिय पत्रकार समाज नेपालद्धारा प्रकाशित राष्ट्र विचार साप्ताहिक र सूर्यमोहन भटराईको आत्मकथाको शनिबार पोखरामा विमोचन गदै अध्यक्ष थापाले त्यस्तो भएका हुन् । संविधान सभाको निर्वाचन आवश्यक रहेको बताउदै अध्यक्ष थापाले सवै दलको सहभागिता आवश्यकता मात्रै नभएर अनिवार्य रहेको बताए ।

उनले दोस्रो संविधान सभाबाट संविधान निर्माण हुन नसके देशका लागी र्दुभाग्य हुने समेत बताए ।‘ पहिलो संविधान सभाबाट संविधान निर्माण गर्न नसकेको तितो यर्थाथतालाई आत्म साथ गदै मंसिर चारमा निर्वाचन सम्पन्न गरि संविधान जारी गर्नुपर्छ नत्र देशले ठूलो दुभाग्य ब्होनुपर्ने थापाको भनाई थियो ।

कमेन्टहरु
Loading...