अख्तियारको कार्यालय पोखरामा, पुराना १ सय ३७ वटा उजुरीको छानविन शुरु

सागर राज तिमिल्सिना
पोखरा, ४ असोज/अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग पश्चिमाञ्चलको क्षेत्रीय कार्यालय पोखरामा काम शुरु गरेको छ । पश्चिमाञ्चलका १६ जिल्लालाई लक्षित गरी क्षेत्रीय कार्यालय पोखरामा असोज १ गते स्थापित गरिएको हो । क्षेत्रीय कार्यालय पोखराका प्रमुख दुर्गा प्रसाद पोख्रेलले कामको सुरुवात गरेको जानकरी दिए । उनले क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनमा यस अघि १ सय ३७ वटा उजुरीहरु परेका र ती उजुरीहरुलाई छानविन कार्य सुरु गरिएको उनले बताए ।

कार्यालय स्थापना भएपछि एउटा मात्र उजुरी कार्यालयमा परेको उनले बताए । उनले यस क्षेत्रमा भ्रष्टचार, अनिमियत्ता, अनुचित कामको निर्घानी गर्नको साथै दोषी विरोध कारवाही अगाडि बढाउन सहज होस् भनेर कार्यालयको स्थापना भएको उनले बताए । पश्चिमाञ्चल बासीले हामीबाट धेरै आशा गरेका छन्, त्यो आशालाई पुरा गराउन जिम्मे बार भएर लाग्ने बताए ।

कसैले उजुरी दिन चाहेमा कार्यालयमा आएर पनि उजुरी दर्ता गराउन सकिन्छ भने हुलाक र पत्रपत्रिकामा छापिएका समाचारलाई पनि आधार बनाएर अनुसन्धान हुने उनले बताए । कार्यालय संञ्चालनका लागि हाल ४२ जनाको दरबन्दी रहेको छ भने २७ जना कर्मचारी र अन्य प्रहरीहरु रहेका छन् ।

कमेन्टहरु
Loading...