मनाङ एयरपोर्ट पुर्ण सन्चालनमा, पर्यटक वढ्ने व्यवसायीको आशा

सागर राज तिमिल्सिना
पोखरा, ३ असोज/हिमालीपारीको जिल्ला मनाङको हुम्डे एयरपोर्ट पुर्ण रुपमा सन्चालनमा आएको छ । चार वर्ष अगाडीबाट कालोपत्रे गर्ने काम शुरु गरिएकोमा सबै काम सकेर टेष्ट फलाइट समेत गरेको भएको छ । एयरपोर्ट धावनमार्ग कालोपत्रे गरिएपछि अनुकुल मौसममा नियमित उडान र अवतरण गर्न सकिने छ । विमान स्थलको लम्बाई नौ सय मिटर लामो र चौडाइ विस मिटर लामो रहेको छ । पहिले ६ सय मिटल लामो धावन मार्ग थियो ।

धावन मार्ग पिच भए पछि मनाङमा अनुकुल मौषमा नियमित उठान गर्न सकिने पोखरा विमानस्थल प्रमुख प्रतावबावु तिवारीले बताए । पहिले माटो थियो पानी वा हिऊ परेमा हिलो हुने हुदा उडान भर्न कठिन हुने गरेको बताउदै तिवारीले मनाङमा सजिलै जान सक्ने बताए । धावनमार्ग लामो र पिच भए पछि अब ठुला जहाज पनि जान सक्ने तिवारीले बताए । पहिले ट्विन अटर विमानले मात्रै उडान भर्दै आए पनि अब डोनएयर विमानले पनि उडान भर्न सक्ने तिवारीले जानकरी दिए ।humde airport

नागरिक उड्यानको करिब ९ करोडको लगानीमा धावन मार्ग निमार्ण भएको हो । मंगलबार पर्यटन मन्त्री रामकुमार श्रेष्ठ नागरीक उड्यानका महाप्रबन्धक रतिसलाल चन्द्रलाल सुमन लगाएतको टोलीले टेष्ट फलाइट गरेर विमान स्थलको अवलोकन गरेको थियो । विमान स्थलको निमार्ण कार्यपछि मनाङका पर्यटन व्यवासायीहरुले पर्यटकहरुका लागी सहज भएको बताए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न मनाङबासीले विमानस्थल कालोपत्रे गर्न माग गर्दै आएका थिए । मनाङ एयरपोर्ट सिजनेवल थियो अब कालोपत्रे गरिएपछि अनुकुल मौसममा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने व्यवसायीले बताए । विमानस्थलको विस्तारले विमान सहज अवतरण र उडान हुने भएपछि मनाङमा आउने पर्यटकको संख्या बृद्धि हुने विश्वास लिएका छन् ।

कमेन्टहरु
Loading...