असोज १७ गतेदेखि पोखरामा महिला उद्यमी मेला

पोखरा, २ असोज /असोजको तेस्रो साता पोखरामा महिला उद्यमी मेला–२०७० आयोजना हुने भएको छ । पोखरा उद्योग बाणिज्य संघको महिला उद्यमी विकास उप समितिको आयोजना तथा यहाँको पन्थी डेरी उद्योगको मूख्य प्रायोजनमा मेला हुन लागेको हो । यो मेलाको दोश्रो संस्करण हो ।

आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशीलता नारासहित आयोजना हुने मेला असोज १७ देखि २१ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने मेला मूल आयोजक समितिका संयोजक एवं पोखरा उद्योग बाणिज्य संघका उपमहमासचिव तथा महिला उद्यमी विकास उप समितिका संयोजक हीरा भट्टराईले जानकारी दिइन् । मेलामा महिला उद्यमीहरुद्धारा उत्पादित बस्तु तथा सेवाका साथै घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामाग्रीहरुको करीब १ सयवटा स्टल रहनेछन् ।

दशैँको मुखमा आयोजित मेलामा दशैँलाई चाहिने सुपथ मूल्यका पसलहरु राखिनेछन् । यसैगरी मेलामा साँस्कृतिक कार्यक्रम, अल्ट्रालाइटबाट पोखरा दृष्यावलोकन, पिङ, लगायत मनोरञ्जनका अन्य साधन साथै रेष्टुरेण्टको पनि ब्यवस्था गरिएको छ । मेलालाई भब्य रुपले सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन समेत भएका छन् ।

जस अनुसार मेलाको स्वास्थ्य तथा गोष्ठीमा विन्दु कोइराला सुवेदी, प्रचारप्रसार संयोजकमा रामकली खड्का, स्टल ब्यवस्थापन तथा निर्माणमा अरुण जिसी, ब्यानर ब्यवस्थापनमा सीता गुरुङ, साँस्कृतिक कार्यक्रम संयोजकमा भागिरथी बाटाजू, ब्रोसर, स्मारिका प्रकाशनमा लक्ष्मी पाण्डे, प्रायोजक ब्यवस्थापनमा सान्त्वना पराजुली, स्टेज ब्यवस्थापनमा गीताकुमारी गौतम तिवारी, टिकट ब्यवस्थापनमा सारदा गौतम, वाल उद्यान, वातावरण तथा खानेपानी ब्यवस्थापनमा प्रतिमा भुजेल, मूलद्धार ब्यवस्थापनमा अन्जना तझ्या, सुरक्षामा गोमा ढकाल, खानेपानीमा मीना पराजुली, वातावरणमा गंगा तिवारी र पुरस्कार ब्यवस्थापनको लागि कल्पना आचार्य संयोजक रहनु भएको विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

कमेन्टहरु
Loading...