अर्काकी श्रीमती विवाह गर्न नपाएपछि ज्यानै फाले

जाजरकोट, २ असोज/अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको भन्दै जाजरकोटका एक युवकले आत्महत्या गरेका छन् । सीमा गाविस ९ का २४ वर्षका उदय परियारले सोही ठाउँ पसल गरी बस्ने एक महिला सगँ विवाह गर्न नपाएको जोकमा ज्यान फालेका हुन् ।
सल्यान बामे गाविसकी ३८ वर्षकी बिर्मी नेपालीसँग बिहे गर्न नपाएपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । बिर्मीका श्रीमान् केही समयअघि मात्रै वैदेशिक रोजगारमा गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अन्य स्थानीय तथा आफन्तले थाहा पाएपछि बिहे गर्न नसक्ने देखेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...