पोखरा, २ असोज/पोखरा क्रिकेट एकेडेमी कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टी—२० क्रिकेट छनोट प्रतियोगिताको सेमिफाईनल प्रवेश ढुक्क भएको छ । बुधबार नगरप्रशिक्षण केन्द्र नदीपुरमा भएको दोस्रो खेल जित्दै सेमिफाईलन प्रवेश गरेको हो ।
पहिलो इनिङको लागि मैदानमा उत्रिएको सांग्रिला क्रिकेटले २० ओभर खेल्दै एकसय १८ रनको स्कोरमा अलआउट हुन पुग्यो । सन्जय नेपालले दुई चौका र तीन छक्कास“गै ४२ रनको योगदान दिए । मनबहादुर विकले पनि एक चौका र एक छक्का प्रहार गर्दै योगफल बढाउन केही सहयोग पु¥याए । बलिङ तर्फ प्रमोद गुरुङले चार ओभर १८ रन दिएर तीन विकेट लिए । त्यसैगरी अर्का बलर विपिन रन्जितले पनि चार ओभरमा २१ रन दिएर दुई विकेट लिएपछि सांग्रिलाका व्याट्सम्यान सस्तैमा समेटिए ।
एकसय १९ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीले चार विकेटको क्षतिमा पुरा गर्ने क्रममा केवल १७ ओभर मात्रै खेल्यो । प्रमोद गुरुङले ३१, सुमन घिमिरेले २५ र आशिष झाले २१ रन हिर्काएपछि सहज जित निस्किएको थियो । उता अर्को खेलमा पोखरा क्रिकेट क्लबले कंक्रा क्रिकेट क्लबलाई ४१ रनले पराजित गरेको छ ।
पोखरा क्रिकेट क्लबले टस जित्दै शुरुवात गरेको इनिङमा एकसय ६३ रन बनायो । पा“च विकेटको क्षतिमा योगफल तयार पार्ने क्रममा अनिल गुरुङले ३४ बलमा चार चौका चार छक्का हिर्काउ“दै अर्धशतक बनाए । त्यस्तै चन्द्रप्रसाद गुरुङले ३७ बलमा एक चौका र तीन छक्कास“गै नटआउट ३९ रन ठोके । शिव श्रेष्ठले पनि नटआउट खेल्दै दुई चौका दुई छक्कास“गै २६ रन बनाएका थिए । दिपेश गुरुङले चार ओभर २६ रन खर्चिएर चार विकेट लिए ।
एकसय ६४ रनको लक्ष्य पछ्याएको कंक्रा क्रिकेटले एकसय २२ रनमा समेटिएको थियो । सागर गुरुङले चार छक्कास“गै ३१ रनको ठोस इनिङ खेले भने राजु गुरुङले तीन छक्का र एक चौका हान्दै १८ रन बटुले । विजय गौचनले पनि १८ रन जोडे । शिव श्रेष्ठले चार ओभर बलिङ गर्दै २ विकेट लिए भने ऋषिकेश शर्माले पनि तीन ओभरमा बलिङ गर्ने क्रममा दुई विकेट नै झारे ।