शसस्त्र प्रहरीद्धारा पोखरा रगंशाला सरसफाई

पोखरा, २ असोज/शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनले आज पोखरा रगंशाला सरसफाई गरेको छ । आगामी कात्तिक ५ गतेदेखि १६ गतेसम्म संचालन हुने पोखरा सफल कपको अवसरमा कालिका गणबाट गएको टोलीले पोखरा रगंशालाको फुटबल मैदान वरिपरि सरसफाई गरेको हो ।rangshall

एन्फा कास्कीको आग्रहमा शसस्त्र प्रहरी बल कालिका गणका शसस्त्र प्रहरी नायब निरिक्षक दयाराम सुवेदीको कमाण्डमा खटिएको २६ जनाको टोलीले मैदान वरिपरि उम्रिएको झाडि फाडनुका साथै सरसफाई गरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष गोपीबहादुर भटराईले जानकारी दिनु भयो । मैदान वरिपरि उम्रिएको झाडिले रगंशाला कुरुप बनेको थियो । रगंशाला संचालनको जिम्मा पाएको कास्की जिल्ला खेलकुद विकास समितिले सरसफाईमा ध्यान नदिदा घाँस र झाडिले जगल जस्तै बनेको दर्शक प्याराफिट तलको भाग, भिआइपी प्याराफिटको दायाँबायाँको भागमा शसस्त्रले सरसफाई गरेर सफा बनाएको छ ।

आज मैदान वरिपरिमात्रै सरसफाई गरिएको र फेरी अर्को दिन दर्शक प्याराफिट र अन्य भागमा सरसफाई गरिने पनि अध्यक्ष भटराईले जानकारी दिनु भयो । विहान साढे सात बजेबाट साढे नौ बजेसम्म सरसफाई गरिएको थियो । सफल पोखरा कपको तयारी तिव्र गतीमा अगाडि बढेको र मैदानमा समेत दुवो रोप्ने काम सकिएको एन्फा कास्कीका महासचिव राजन पौडेलले बताउनु भयो । कपको तयारीकै लागी रगंशाला सरसफाई गरिएको र प्रायोजक उठाउने, चिठिपत्र वितरण लगायका काम तिव्र गतिमा अगाडि बढेको महासचिव पौडेलले बताउनु भयो ।

कमेन्टहरु
Loading...