डिआइजीले भने–‘नागरिकलाई दुख नदेउ’

पोखरा, १६ काक्तिक/ नेपाल प्रहरीको पश्चिमाञ्चल प्रमुखको जिम्मेबारी सम्हाले लगत्तै मातहता प्रहरी प्रमुखलाई निर्देशन दिदैं प्रहरी नायव महानिरीक्ष (डिआइजी) रमेश शेखर बज्राचार्यले आम नागरिकलाई दुख नदिन निर्देशन दिएका छन् ।
पछिल्लो समयमा हिरो बन्नका लागि प्रहरीले आम नागरिकलाई समेत दुख दिने गरेको गुनासो बढी आएको भन्दै डिआइजी बज्राचार्यले जनतालाई दुख दिने नियत प्रहरीले राख्न नहुने बताएका हुन ।
‘निदोर्ष माथि अन्याय गर्नै हुन्न, यसमा प्रहरी सजग बन्नै पर्छ ।’ निर्देशनका क्रममा उनले भने–“यसो भन्दैमा दोषीलाई कुनै पनि हालतमा मुक्ती दिनु हुन्न ।’
डिआइजी बज्राचार्यले राजधानी र सिमा क्षेत्रका प्रहरीले जस्तो कास्कीको प्रहरीको व्यबहार एउटै हुन नहुने धारणा समेत व्यक्त गरेका थिए । पोखरा पर्यटकीय शहर हो, यहाँ विश्वका मान्छे रमाउन आउछन भन्दै उनले भने–“पर्यटकलाई हतोत्साही गर्ने कार्य प्रहरीले गर्नु हुन्न । यहाँ आउने मान्छे रमाइलो गर्न आउछन् ।’
डिआइजी बज्रचार्यले पोखरा नेपालीका लागि पनि पर्यटकीय नगर भएको स्मरण गर्न प्रहरीका अधिकृतहरुलाई सम्झाएका थिए । “ठुलो बन्नका लागि अथवा देखाउनका लागि कडा कारवाही गर्ने शैलीको अन्त गर्नु पर्छ, कास्की प्रहरी व्यवहारिक हुनु पर्छ ।’ उनको भनाई थियो ।

कमेन्टहरु
Loading...