सङघीय समाजवादी कास्की क्षेत्र नं.२ मा मदनप्रसाद गुरुङ

पोखरा, १ असोज/सङघीय समाजवादी पार्टी कास्की क्षेत्र नं २ को सम्पन्न प्रथम भेलाले क्याप्टेन मदन प्रसाद गुरुङको अध्यक्षतामा ४५ सदस्यीय निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय समिति गठन गरेको छ ।

मंगलवार नवगठित समितिको सचिवमा क्याप्टेन नरेश थापा, सदस्यहरुमा क्याप्टेन बुद्धिमान गुरुङ, विशाल गुरुङ, गोपाल गुरुङ, सुमे.शम्सेर गुरुङ, देउबहादुर गुरुङ, यमबहाुर गुरुङ, दुर्गाबहादुर गुरुङ, प्रेम गुरुङ, पुर्ण गुरुङ, क्या.दलबहादुर गुरुङ, सुमे चेतबहादुर गुरुङ, सुमे प्रेमबहादुर गुरुङ, सुमे आसबीर गुरुङ, सुमे श्रीप्रसाद गुरुङ, राजबीर गुरुङ, अमल घले सु.मिनबहादुर गुरुङ चयन हुनुभएको छ ।

यसरी नै सदस्यहरुमा होमबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, मबहादुर वाईबा तामाङ, क्या.वीरबहादुर गुरुङ, क्या.इन्द्रबहादुर तुलाचन, भीम छन्त्याल, मैतालाल गुरुङ, जुनकुमारी गुरुङ, सरु शेरचन, ओमप्रसाद तुलाचन, आइतबहादुर गुरुङ, अमिशा नेपाली, पुर्णसुब्बा गुरुङ, अर्जुन विक, टेकबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, चुकबहादुर गुरुङ, सु.भिमबहादुर गुरुङ, देउप्रसाद गुरुङ, भुमबहादुर गुरुङ, नन्द्रप्रसाद तुलाचन, धनबहादुर तामाङ, तेजबहादुर गुरुङ, बलबहादुर गुरुङ, सुमे.मिनबहादुर गुरुङ, सु.भक्तबहादुर गुरुङ, बुद्धिमान तामाङ चयन हुनुभएको छ ।

यस अघि भेलाको उद्घाटन गर्नुहुदै सङ्घीय समाजवादी पार्टीका केन्द्रीय सचिव मीना गुरुङले इतिहासमा सधै नयाँ शक्तिले विजय हासिल गर्दै आएकाले नयाँ बैकल्पिक शक्ति निर्माणका अभियानका साथ अघि बढेको सङघीय समाजवादी पार्टीले जनताको अधिकार सुनिश्चित गर्नका लागि विजय प्राप्त गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा संङ्घीय समाजवादी पार्टीका केन्द्रीय सदस्य देवीराज गुरुङले अझै पनि असफल पुराना दलहरुले जनतालाई झुक्याउन खोजेको आरोप लगाउनुहुदै अधिकार प्राप्तिका लागि संगठित हुन आग्रह गर्नुभयो । क्याप्टेन मदनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विदेश विभाग प्रमुख सुन्दर गुरुङ, जिल्ला अध्यक्ष दीपक तामाङ, सिआई हरिध्वज गुरुङ, रामबहादुर नेपाली, रत्न भट्टचन, लक्ष्मण गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...